Nepal Life

महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटाको तलब सुविधा एक करोड ४० लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 21:09
महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटाको तलब सुविधा एक करोड ४० लाख
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटाको वार्षिक तलब सुविधा एक करोड ४० लाख रुपैयाँ रहेको छ । देवकोटाले गत आर्थिक वर्ष २०७९/८० मा तलब मात्रै ५१ लाख ४८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

NIMB

बैंकले उनलाई भत्ता बापत ७७ लाख ९ हजार, कर्मचारी सञ्चयकोषमा ५ लाख १५ हजार र दशै भत्ता बापत ७ लाख १५ हजार रुपैयाँ दिएको छ । उनले नियम अनुसार गत वर्षको मुनाफाबाट ३५ लाख ३६ हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् । बैंकले नियमानुसारको औषधि खर्च, सवारी साधन, इन्धन खर्च तथा मोबाइल खर्चको सुविधा उपलब्ध गराएको छ ।

देवकोटा २०७७ साल चैतमा प्रमुख कार्यकारी अधिकृत भएका थिए । सिटिजन्स बैंकमा उनले झण्डै ११ महिना डेपुटी सीईओको रुपमा काम गरेका थिए । देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल गरेका छन् । त्यस्तै त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनि डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको उपाध्यक्ष समेत हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया