Nepal Life

राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठको वार्षिक तलब सुविधा ६६ लाख ४ हजार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 07:30
राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठको वार्षिक तलब सुविधा ६६ लाख ४ हजार
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको वार्षिक तलब सुविधा ६६ लाख ४ हजार रुपैयाँ रहेको छ । श्रेष्ठले गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत ३१ लाख २० हजार रुपैयाँ प्राप्त गरेका छन् । बैंकले उनलाई तलब बाहेक १७ लाख १६ हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।

NIMB

उनले चाडपर्व खर्च बापत २ लाख ६० हजार, संचयकोष योगदान ३ लाख १२ हजार, सञ्चित विदा बापत भुक्तानी एक लाख ९५ हजार र नियम अनुसार ९ लाख ८५ हजार ५९१ रुपैयाँ बोनस सहित ६६ लाख ४ हजार रुपैयाँ प्राप्त गरेको बैंकले जनाएको छ । उच्च व्यवस्थापन तहमा रहेका ७ जनाले यस्तो तलब सुविधा बापत एक करोड ६१ लाख ८२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गत आर्थिक वर्षमा सञ्चालक समितिका पदाधिकारीहरुले भत्ता लागयतका सुविधा बापत २३ लाख १७ हजार रुपैयाँ बुझेका छन् ।

नेपाल बैंकमा २७ वर्ष बिताएका उनी ८ वर्ष अगाडी ५७ वर्षको उमेरमा वाणिज्य बैंकको नेतृत्व गर्न आइपुगेका थिए । पहिलो कार्यकाल सफलतापुर्व सम्पन्न गरे सँगै सरकारले उनलाई दोस्रो कार्यकालको जिम्मेवारी दिएको थियो । उनको दोस्रो कार्यकाल पनि यहि चैतमा सकिदैछ ।

उनि राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गर्दा बैंकका केही सूचक ऋणात्मक थिए, बैंकको गति सुस्त र परम्परागत थियो । उनि बैंकमा प्रवेश गर्दा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा २ अर्ब ३० करोड थियो । उनले आफ्नो कार्यकालमा बैंकको मुनाफा ५ अर्ब भन्दा माथि पुर्याए । गत आर्थिक वर्षमा कोभिड १९ को प्रभावले गर्दा कर्जाम देखिएको समस्याले गर्दा नाफा ३ अर्ब ५९ करोडमा खुम्चिएको छ ।  

परम्परागत शैली अंगालेको सरकारी बैंकले श्रेष्ठको नेतृत्वमा वित्तीय सूचकदेखि उपस्थितिसम्ममा गुणात्मक फड्को मारेको छ। अन्य बाणिज्य बैंकहरु एक आपसमा मर्जरमा जानु भन्दा अगाडीसम्म पनि बाणिज्य बैंक मुनाफामा सर्वाधिक अगाडी थियो ।

सिइओ श्रेष्ठले आफ्नो दुई कार्यकालमा बाणिज्य बैंकलाई ढड्डाबाट एका एक डिजिटल युगमा प्रवेश गराए । यतिमात्रै होइन सरकारी बैंकबाट सेवा सुविधा लिन गाह्रो छ भन्ने कथनलाई गलत सावित गर्दै बाणिज्य बैंक पनि अन्य बैंक भन्दा कम छैन भन्ने प्रमाणित गरिदिए ।

परम्परागत बैंकबाट कर्पोरेट बैंकिङम रुपमान्तरण गरिदिएका श्रेष्ठले वर्किङ कल्चरमा व्यापक परिवर्तन गरिदिएका छन् । उनको कार्यकालमा बैंकले धेरै संख्यामा युव जनशक्ति प्राप्त गर्यो जसले बैंकलाई युवा वर्गमा काम गर्न र प्रतिस्पर्धी बनाउन ठुलो मद्दत पुर्यायो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया