Nepal Life

ग्लोबल आइएमइ बैंकले घटायो व्याजदर, रेमिट्यान्स खातामा सर्वाधिक धेरै ९.१० प्रतिशत

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 08:14
ग्लोबल आइएमइ बैंकले घटायो व्याजदर, रेमिट्यान्स खातामा सर्वाधिक धेरै ९.१० प्रतिशत
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेप र कर्जाको व्याजदर घटाएको छ । बैंकले माघ महिनाका लागि निर्धारण गरेको व्याजदर गएका महिनाको भन्दा घटाएको हो । बैंकले पछिल्लो समय निक्षेप तथा कर्जाको व्याजदर लगातार घटाइरहेको छ ।

NIMB

माघ महिनादेखि ३ देखि ६ महिनाअवधिको मुद्दती निक्षेपमा ६.५० प्रतिशत व्याजदर तय गरेको छ । पुस महिनामा यस्तो व्याजदर ७.५० प्रतिशत थियो । ६ महिनादेखि एक १ वर्ष भन्दा कम अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत पाइने बैंकले जनाएको छ । एक वर्ष भन्दा बढि अवधिको मुद्दती निक्षेपमा ८.१० प्रतिशत व्याजदर प्राप्त हुने बैंकले जनाएको छ । रेमिटर्स ट्रम डिपोटिजमा भने ९.१० प्रतिशत व्याजदर पाइने बैंकले जनाएको छ । वैदेशिक रोजगारमा गएका नेपालीलाई सर्वाधिक राम्रो रमिट्यान्स सुविधा प्रदान गर्दै आइएको आइएमई समुहले उनिहरुलाई अन्य मुद्दती निक्षेपमा पनि आकर्षक व्याजदर प्रदान गर्ने गरेको छ ।

संस्थागत निक्षेप तर्फ भने ६ देखि एक वर्ष अवधिको लागि ५ प्रतिशत र एक वर्ष भन्दा बढि अवधिको लागि ६.१० प्रतिशत दिने भएको छ । बैंकले विभिन्न बचत खातामा ४ देखि ७ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया