Nepal Life

बैंकिङ तरलता थुप्रिदै गए पछि झन् घट्यो व्याजदर, औषत व्याजदर ८.१७ प्रतिशतमा झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 10:03
बैंकिङ तरलता थुप्रिदै गए पछि झन् घट्यो व्याजदर, औषत व्याजदर ८.१७ प्रतिशतमा झर्यो
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जा थुप्रिदै गए पछि बैंकहरुले हरेक महिना निक्षेपको व्याजदर घटाउन थालेका छन् । निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा प्रणालीमा अधिक तरलता थुप्रिन थालेको छ । बढ्दो तरलता सँगै बैंकहरुले सस्तो दरमा निक्षेप पाउन थाले पछि व्याजदर घटाउने होडबाजी चलेको छ ।

NIMB

माघ महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको व्याजदरमा सबैले कुन न कै पोर्टफेलियमा व्याजदर घटाएका छन् । मुद्दती निक्षेप तर्फ सर्वाधिक व्याजदर सिटिजन बैंकको ९.१५ प्रतिशत रहेको छ । यस महिनाबाट सबै बैंकको अधिकतम व्याजदर एकल अंकमा झरेको छ ।

मुद्दती निक्षेप तर्फ औषत व्याजदर एक महिनामै ०.८२ प्रतिशत विन्दुले घटेर ८.१७ प्रतिशतमा झरेको छ । त्यस्तै संस्थागत गत तर्फ पनि ०.७६ प्रतिशतले विन्दुले घटेर ६.१२ प्रतिशतमा झरेको छ । पुस महिनामा व्यक्तिगत तर्फ औषत व्याजदर ८.९९ प्रतिशत थियो भने संस्थागत तर्फ ६.८९ प्रतिशत थियो ।

यस सँगै आगामी महिनादेखि बैंकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर पनि औषतमै एकल अंकमा झर्ने देखिएको छ । पुस माघ महिनादेखि बैंकमा कर्जाको अधिक माग हुने गर्छ तर यस वर्ष खासै माग छैन । आर्थिक मन्दीको निरन्तरता र अझै पनि नयाँ व्यवसायमा लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन ।

स्वेदशमा बसेर केहि गर्छु भन्ने भन्दा पनि विदेशमै जान खोज्ने युवाहरुको जोडबलले पनि कर्जाको माग सिर्जना हुन सकेको छैन । भइरहेको व्यवसायलाई नै टिकाउने रणनीतिमा रहेका व्यवसायीले नयाँ व्यवसायको तथा क्षमता बढाउने कुनै पनि योजना बनाएका छैनन् । यसले पनि कर्जाको माग अझै केहि समय हुने देखिदैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया