Nepal Life

महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटाले कार्यकाल बाँकी छदै दिए राजिनामा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 10:22
महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटाले कार्यकाल बाँकी छदै  दिए राजिनामा
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले कार्यकाल बाँकी छदै पदबाट राजिनामा दिएका छन् । देवकोटाले माघ एक गतेदेखि लागु हुने गरी व्यक्तिगत कारण देखाएर पदबाट राजिनामा दिएको बैंकले जनाएको छ । 

NIMB

देवकोटा २०७७ साल चैतमा प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनको कार्यकाल २०८१ चैतसम्म रहेको थियो । तर उनले एक वर्ष तीन महिना अगाडी नै बैंकबाट बाहिरिएका छन् । 

सिटिजन्स बैंकमा उनले झण्डै ११ महिना डेपुटी सीईओको रुपमा काम गरेर उनि महालक्ष्मी प्रवेश गरेका थिए । देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल गरेका छन् । त्यस्तै त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनि डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको उपाध्यक्ष समेत हुन् । उनले छाडेर आएको सिटिजन बैंकले खुला प्रतिस्पर्धाबाट डेपुटी सिइओको लागि दरखास्त आह्वान गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया