Nepal Life

आइजिआइ प्रुडेन्सियलले लाभांश वितरण नगरी जगेडा कोष थप बलियो बनाउने

National Life
  • BFIS News
  • 2024 Jan Sun 10:32
आइजिआइ प्रुडेन्सियलले लाभांश वितरण नगरी जगेडा कोष थप बलियो बनाउने
RBB

काठमाडौं । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यस वर्ष लाभांश वितरण नगरी जगेडा कोष थप बलियो बनाउने भएको छ । मर्जर पछि न्युनतम चुक्ता पूँजी जुटाइसकेको आइजिआइ प्रुडेन्सियलको पूँजी निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै रहेको छ । 

NIMB

कम्पनीको पुस २९ गते आइतबार विहान साढे ८ बजे बसेको सञ्चालक समितिको १० औं बैठकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । उक्त आर्थिक वर्षको वित्तीय विवरण कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पश्चात कम्नपीको २६ औं वार्षिक साधारणसभा आह्वान गर्ने छ । कम्पनीले लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको छ ।

साविक आइएमई जनरल र प्रुडेन्सियल मर्जर भइ आइजिआइ प्रुडेन्सियल बनेको हो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रहेको छ । कम्पनीलाई हाल पूँजीको लागि कुनै पनि दवाव छैन यसले गर्दा नगद लाभांश वितरण नगरी मुनाफालाई जगेडामै जम्मा गरेर राख्ने निर्णय गरेको हो । आगामी वर्षमा व्यवसाय विस्तार सँगै थप पूँजी आवस्यक पर्ने बखतमा यहि कोषबाट बोनस शेयर दिएर पूँजी बढाउदै लैजाने रणनीति बनाएको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया