Nepal Life

एनएलजी इन्स्योरन्सको लाभांश घोषणा, बोनस शेयर र हकप्रद पछि चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 12:53
एनएलजी इन्स्योरन्सको लाभांश घोषणा, बोनस शेयर र हकप्रद पछि चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्ने
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले अहिलेसम्मकै कम लाभांश घोषणा गरेको छ ।

NIMB

कम्पनीले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि वार्षिक साधारणसभा आह्वान गर्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड पुग्ने छ । कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडी बढाएको छ । हकप्रद शेयर निष्काशनको लागि अनुमति नआइसकेकाले प्रस्तावित लाभांश हकप्रद शेयरधनीले पाउने छैनन् ।

कम्पनीले गत असारमा सम्पन्न गरेको साधारणसभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि अहिलेसम्म अनुमति पाउन भने सकेको छैन । बोर्डमा कम्पनीले हाल कायम पूँजीकै आधारमा ९६ लाख ३१ हजार कित्ता शेयर जारी गर्दैछ । यस पछि भने कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया