Nepal Life

प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, १७ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 17:23
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, १७ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्पण ब्याङक्वेट बानेश्वरमा आयोजन गरिएको साधारणसभाले साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

 

NIMB

आज सम्पन्न भएको वार्षिक साधारणसभाबाट हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएको हो । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम रहेको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने र पूँजी बृद्धी पश्चात सोही अनुसारको चुक्ता पूँजी कायम गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

सभाले साविक प्रभु लाइफ इन्स्योरेन्स तथा साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गरेको छ । कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८० कात्तिक, १७ गते पश्चिम रुकुमको जाजरकोट केन्द्र बिन्दु भै गएको भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ सभाबाट अनुमोदन भएको छ ।

सभाले अध्यक्षको मन्तव्य तथा साविक प्रभु लाइफ इन्स्योरेन्स तथा साविक महालक्ष्मी लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।

आज सम्पन्न भएको सभाले साविक प्रभु लाइफ इन्स्योरेन्स तथा साविक महालक्ष्मी लाईफ इन्स्योरेन्सको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा साविक प्रभु लाइफ इन्स्योरेन्स तथा साविक महालक्ष्मी लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणको लागि लेखा परीक्षकहरुको नियुक्ति तथा निजहरुको पारिश्रमिक समेत पारित भएको छ । सभाले हाल कायम लेखापरीक्षकहरुलाई नै पुनः नियुक्ति गरेको हो ।

सभाबाट संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ ।

साधारणसभालाई संबोधन गर्दै कम्पनीकी शिक्षा अध्यक्ष भट्टचनले अनुभवी तथा लगनशील व्यवस्थापनबाट संचालित यस कम्पनीले हाल देशका सातै वटा प्रदेशमा रहेको ११५ वटा शाखा/उपशाखा कार्यालयहरुबाट सेवा संचालनमा ल्याई आफ्नो लक्ष्य हासिल गर्न उन्मुख रहेको बताएकी छिन् । उनले थपिन् ‘हाल बजारमा १४ वटा जीवन बीमा कम्पनीहरु रहेकोले एकातिर तीव्र प्रतिस्पर्धाको अवस्था रहेको छ भने सर्वसाधारणमा बीमाको आवश्यकता सम्बन्धी सचेतनाको कमी एवम् क्रय शक्तिमा आएको ह्रासले नयाँ व्यवसाय सँगसँगै पुराना बीमालेखहरुलाई निरन्तरता दिन थप चुनौती सिर्जना गरेको छ ।’

                                                                                                                                     तश्विर : युवराज वास्तोला

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया