Nepal Life

मर्जर पछि प्रभु महालक्ष्मी लाइफको ६ सञ्चालक सर्वसम्मत निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 18:08
मर्जर पछि प्रभु महालक्ष्मी लाइफको ६ सञ्चालक सर्वसम्मत निर्वाचित
Sanima Reliance

काठमाडौं । मर्जर पछि सम्पन्न भएको छैठौं वार्षिक साधारणसभाबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा ६ सञ्चालक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

 

NIMB

संस्थापक समुहबाट विद्यमान अध्यक्ष शिक्षा भट्टचन सहित सुशन शेरचन, सम्झना अर्याल र वीरेन्द्र जंग पाण्डे निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समुह तर्फबाट २ जनाको लागि भएको निर्वाचनमा ज्योति शेरचन र शंकर गौतम निर्वाचित भएका हुन् ।

नेपाल इन्भेस्टमेनट प्रालिको प्रतिनिधित्व गर्दै शिक्षा भट्टचन निर्वाचित भएकी हुन् । उनि साविक प्रभु लाइफको संस्थापक शेयरधनी हुन् । त्यस्तै साविक महालक्ष्मी लाइफको संस्थापक शेयरधनीको तर्फबाट सम्झना अर्याल निर्वाचित भएकी हुन् । सर्वसाधारण समुहका ज्योति शेरचनले नेपाल होल्डिङबाट प्रतिनिधित्व जनाएका छन् भने शंकर गौतमले लिवर्टी हल्डिङबाट प्रतिनिधित्व जनाएका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया