Nepal Life

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 04:13
साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक चयन
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट पाठक अध्यक्षमा चयन भएका हुन् ।

NIMB

नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अध्यक्षमा चयन गरेको हो । 
संस्थाको सञ्चालकहरुमा डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त निर्वाचित भएका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ । 

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थाहरु मार्फत थोक कर्जा प्रदायक संस्थाका रुपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. गत असार २४ गते मर्ज भएका थिए । 

७७ जिल्लामा सेवा पुगेको यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया