Nepal Life

हिमालयन बैंकको एफपीओको प्रस्ताव साधारणसभाबाट पारित, ५ सञ्चालक निर्वाचित, अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 04:20
हिमालयन बैंकको एफपीओको प्रस्ताव साधारणसभाबाट पारित, ५ सञ्चालक निर्वाचित, अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको सभाले प्रिमियममा एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएको छ । 

NIMB

बैंकले सर्वसाधारण समुह तर्फको शेयर स्वामित्व ३० प्रतिशत पूर्याउन २.२९ प्रतिशत एफपिओ जारी गर्नेे योजना बनाएको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३२ रुपैयाँ छ । उक्त पुँजीको २.९९ प्रतिशत अर्थात् ६४ करोड ७५ लाख ३२ हजार ८ सय ७ रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउन लागिएको हो ।

आइतबार सम्पन्न सभाले सभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्थाको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए ।

उनले बैंकले निकट भविष्यमा धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

सभाबाट हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक निर्वाचित गरेको छ । जसमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएका छन् । यस्तै सर्बसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले नव नियुक्त संचालकहरु मध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया