Nepal Life

के हो नेपाल पे क्यूआर, के–के छन् यसका विशेषताहरू ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 04:34
के हो नेपाल पे क्यूआर, के–के छन् यसका विशेषताहरू ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अगाडि सारेको राष्ट्रिय भुक्तानी स्विच (नेसनल पेमेन्ट स्विच) को सञ्चालन नेपाल क्लियरिङ हाउसले गरिरहेको छ । नेपाल क्लियरिङ हाउसले गत मंसिरबाट पहिलो चरणमा रिटेल पेमेन्ट स्विचको कार्य गरिरहेको छ ।

NIMB

खुद्रा भुक्तानी स्विचअन्तर्गतको ‘नेपाल क्यूआर’ कार्यन्वयनको लागि नेपाल क्लियरीङ हाउसले ‘नेपाल–पे क्युआर’ सञ्चालन गरिरहेको छ  । ‘नेपाल पे क्यूआर’ले स्वतन्त्र क्यूआर योजनाको रूपमा काम गर्ने र क्यूआर अन्तरसञ्चालनलाई व्यापारी  र नेटवर्कस्तरमा अनुमति दिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । 

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले ‘नेपाल पे क्यूआर’ ले जारी गर्ने उपकरणहरू मोबाइल एप, वालेट र कनेक्ट आईपीएसको माध्यमबाट क्यूआर स्क्यान गरी ‘नेपाल पे’ नेटवर्कमा आबद्ध रहेको क्यूआरमा  आधारित भुक्तानी गर्न सकिने जनाएको छ ।

हाल नेपाल पे क्यूआर स्क्यानिङमा हिमालयन बैंक सानिमा बैंक र समृद्धि फाइनान्सको मोबाइल बैंकिङ एप, फोकसवान पेमेन्ट सर्भिस र कनेक्ट आईपीएस मोबाइल आबद्ध रहेको छन् । उक्त सेवा प्रदायकको माध्यमबाट  क्यूआर स्क्यान गरी नेपाल पे क्यूआरमा आधारित भुक्तानी गर्न सकिन्छ ।

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्विचमा नेपाल क्यूआर स्ट्यान्डर्डबमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरू, वालेट–वालेटबीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू उपलब्ध रहेको छ ।

नेपाल क्लियरिङ हाउसले नेपाल पे क्यूआरलाई थप विस्तारित बनाउँदै लगेको छ । नेपाल पे मा तत्काल ‘एनपीआई’ मा कनेक्ट आईपीएसबाट ग्राहक भेरिफिकेसनको आधारमा हुने कारोबार गर्न सकिने अतिरिक्त सुविधा पनि रहेको छ ।

यस सुविधासँगै नेपाल पे क्यूआरको माध्यमबाट अन्तर–सञ्जाल भर्चुअल निजी ठेगाना भर्चुअल पर्सनल एड्रेस (भीपीए) आधारित कोष स्थानान्तरण गर्न एनसीएचएलले जनाएको छ ।

के हो भीपीए ?

भर्चुअल निजी ठेगाना (भीपीए) बैंक-वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली प्रदायक र कनेक्ट आईपीएसमा प्रयोगकर्ताले प्रयोग गरेको युजरनेम अथवा त्यसमा प्रयोग गरिएको मोबाइल नम्बर, ई–मेल ठेगाना वा प्रयोगकर्ता नाम पहिचान गर्ने प्रणाली हो । यसको प्रयोगसँगै प्रेषकले नेपाल पेबाट तत्काल लेनदेन सुरु गर्न सक्ने बनाउने जनाएको छ । 

एनपीआईबाट कारोबारलाई भीपीएको आधारमा सम्बन्धित प्रापकलाई रकम स्थानान्तरण निर्देशन प्रारम्भ हुनेछ । यो सेवा हाल कनेक्ट आईपीएस वेब इन्टरफेस भए पनि कनेक्ट आईपीएस प्रयोगकर्ताहरूका लागि उपलब्ध रहेको र चाँडै अन्य माध्यमा पनि विस्तार हुने जनाएको छ । यस सुविधाको वास्तविक समयमा नै भुक्तानी गर्न अनुमति दिने क्लियरिङ हाउसले जनाएको छ । 

नेपाल पे क्यूआरको प्रतिदिन अधिकतम कारोबार सीमा वेब च्यानलको २० लाख रहेको मोबाइलबाट गर्दा दुई लाखको सीमा रहेको छ । एकपटक वेबबाट १० लाखसम्मको कारोबार गर्न सकिनेछ भने मोबाइलबाट एक पटकमा १ लाखसम्म कारोबार गर्न सकिन्छ । एक दिनमा १०० वटासम्म कारोबार गर्न सकिने जनाएको छ ।

५ सय रुपैयाँ सम्मको लागि प्रतिकारोबार २ रुपैयाँ ५ सयदेखि ५ हजारसम्मको लागि प्रतिकारोबार ४ रुपैयाँ र ५ हजारभन्दा बढी रहेकोमा लागि प्रतिकारोबार ८ रुपैयाँ कारोबार शुल्क लाग्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया