Nepal Life

पाँच महिनामा २० वाणिज्य बैंकले कमाए २८ अर्ब नाफा, कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 04:38
पाँच महिनामा २० वाणिज्य बैंकले कमाए २८ अर्ब नाफा, कसको कति ?
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

NIMB

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक छ । नबिलले पाँच महिनामा दुई अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरको छ ।

त्यस्तै, बढी नाफा गर्ने दोस्रोमा ग्लोबल आईएमई बैंक लिमिटेड छ । यो बैंकले पनि मंसिर मसान्तसम्म दुई अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा गरेको छ ।

१८ वाणिज्य बैंकले भने दुई अर्बभन्दा कम नाफा आर्जन गरेका छन् । त्यसमा पनि लक्ष्मी सन्‌राइज, माछापुच्छ्रे, सिटिजन्स बैंक, नेपाल एसबीआई, सिद्धार्थ र कृषि विकास बैंकको नाफा भने अर्बभन्दा कम छ ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकको गरेको छ । यो बैंकले १२ करोड ५० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

पाँच महिनामा कुन बैंकले कति नाफा गरे ?

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया