Nepal Life

कुमारी बैंकले माघ २८ गते डाक्यो तेइसौं वार्षिक साधारणसभा, ६ सञ्चालकको निर्वाचन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 06:59
कुमारी बैंकले माघ २८ गते डाक्यो तेइसौं वार्षिक साधारणसभा, ६ सञ्चालकको निर्वाचन गर्ने
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आगामी माघ २८ गते तेइसौ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पुस २४ गते बसेको सञ्चालक मसितिको बैठकले साधारणसभाको मिति र समय तय गरेको हो । सभा विहान ११ बजे त्रिभुवन हार्मी अफिर्सन क्लबमा सञ्चालन हुनेछ ।

NIMB

सभाले सञ्चालक मितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक विवरणको वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाव, इक्विटीमा भएकव परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु उपर छलल गरि पारित गर्ने छ ।

साधारणसभामा बैंकको सहायक म्पनी कुमारी क्यापिटल र के.वि.एल सेक्यूरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले यस पटक संचालक समितिमा प्रतिनिधित्व हुने संस्थापक समूहका शेयरधनीहरुबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सहित ६ सञ्चालकको निर्वाचन गर्दैछ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बर्थिक सहायता प्रदान गर्दा कम्नपी ऐनको दफा १०५(१)(ग) बमोजिम भएको खर्चलाई अनुमोदनका लागि विशेष प्रस्ताव गरेको छ ।

सभारणसभा प्रयोजनका लागि माघ ९ गते एक दिन बुक क्लोज हुनेछ । माघ ८ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनुका साथै सञ्चालकको निर्वाचन प्रकृयाँमा सहभागि हुन पाउने छन् । बैंकले यस वर्ष लाभांश नदिने घोषणा यस अगाडी नै गरिसकेको छ । गत आर्थिक वर्षको मुनाफालाई जगेडा कोषमा सुरक्षित गरेर कोषलाई थप बलियो बनाउने बैंकको योजना रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया