Nepal Life

आइएमई लाइफले पुस महिनामै भुक्तानी गर्यो एक करोड ८७ लाख दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 16:56
आइएमई लाइफले पुस महिनामै भुक्तानी गर्यो एक करोड ८७ लाख दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस एक महिनामै एक करोड ८७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले ३८ वटा बीमालेख मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो । 

NIMB

जीवन बीमा पोलिसीमा पोलिसीको परिपक्वता र बीमितको मृत्यु भएमा दाबी भुक्तानी गर्नु पर्छ । कम्पनीले दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । कसैको मृत्यु हुँदा परेको चोटलाई बीमालेख मार्फत मलमपट्टी लगाउन कम्पनीले समयमै दाबी भुक्तानी गर्ने रणनीति बनाएको छ । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरु मध्ये आक्रामक रुपमा बजार विस्तार गरिरहेको आइएमई लाइफले पोलिसी सर्भिसिङमा पनि उत्तीकै जोड दिदै आएको छ । ल्याप्सेस पोलिसीमा व्याज छुटदेखि लिएर बीमालेख धितो कर्जा मार्फत बीमितलाई सहजिकरण गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया