Nepal Life

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मुनाफा ४१.४८ प्रतिशतले घट्यो, व्याज आम्दानीमै चरम गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 08:11
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मुनाफा ४१.४८ प्रतिशतले घट्यो, व्याज आम्दानीमै चरम गिरावट
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मुनाफा ४१.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

NIMB

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।

६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०.४० प्रतिशत घटेको छ भने कर्जा लगानी ३.३२ प्रतिशत घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया