Nepal Life

दश वर्षदेखि कारोबार नगरी सून्य मौज्दात रहेका खातालाई सक्रिय बनाउन लक्ष्मी सनराइज बैंकको आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 09:49
दश वर्षदेखि कारोबार नगरी सून्य मौज्दात रहेका खातालाई सक्रिय बनाउन लक्ष्मी सनराइज बैंकको आह्वान
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विगत १० वर्षदेखि खातामा कारोबार नगरी हाल शुन्य मौज्दातमा रहेका निष्कृय खातालाई आवश्यक प्रक्रिया पुरा गरि सक्रिय बनाउन ग्राहकहरुलाई आह्वान गरेको छ । १० वर्षदेखि खातामा कारोबार नगरी हाल शुन्य मौज्दातमा रहेका निष्कृय खाता अद्यावधिक नगरिएको अवस्थामा नेपाल राष्ट्र बैंकको निर्देशनमा भएको व्यवस्था बमोजिम त्यस्ता खाताहरु बन्द हुन सक्ने बैंकले जनाएको छ ।

NIMB

नियम अनुसार ग्राहक पहिचान फारम ‘केवाइसी’ अद्यावधिक नगरेका ग्राहकहरुलाई अद्यावधिक गर्न समेत बैंकले सूचित गरेको छ । कुनै पनि प्राकृतिक खाताधनीले स्वेदशी मुद्रामा एउटै प्राकृतिका एक भन्दा बढि खाता तथा एउटै प्रकारको एक भन्दा बढि कार्ड प्रयोग गरिरहेको भएमा एउटा मात्रै खाता र एउटा मात्रै कार्ड प्रयोग गर्न समेत बैंकले अनुरोध गरेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया