Nepal Life

नेशनल लाइफले गर्यो वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 22:42
नेशनल लाइफले गर्यो वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा व्यान गुमाएका मोहनलाल तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार अन्तर्गको बीमा पोलिसी अनुसार मृतक तामाङको श्रीमति तेज कुमारी तामाङलाई १४ लाख रुपैयाँको चेक प्रदान गरेको छ ।

NIMB

उर्जाबारी ८ का तामाङकको वैदेशिक रोजगारका क्रममा साउदी अरवको दमाममा गएको मंसिर ११ गते असामयिक निधन भएको थियो । उनले सरकारको नियम अनुसार नै वैदेशिक रोजगार बीमालेख खरिद गरेका थिए । सोही पोलिसी अन्तर्गत कम्पनीको उर्लाबारी शाखाले उक्त रकम रकम हस्तान्तर गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया