Nepal Life

एनआइसी एशियाका सिइओ न्यौपाने पनि ह्याकरको निशानामा, नाम र फोटो दुरुपयोग गरेर ह्वाट्सएपबाट म्यासेज

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 23:01
एनआइसी एशियाका सिइओ न्यौपाने पनि ह्याकरको निशानामा, नाम र फोटो दुरुपयोग गरेर ह्वाट्सएपबाट म्यासेज
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत पनि ह्याकरको निशानामा परेका छन् । उनले आफ्नै फेसबुक पेज मार्फत आफ्नो नाम र फोटो दुरुपयोग गरि ह्वाट्सएप मार्फत म्यासेज गरिएको भन्दै सबैलाई जानकारी गराएका छन् । 

NIMB

उनले लेखेका छन् 'रोशन कुमार नाम राखि मेरो तस्बिर दुरुपयोग गरी WhatsApp Account बनाएर message पठाएको र संवाद समेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरुपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरु र सर्वसाधरणमा अनुरोध गर्दछु ।' 

केहि दिन अगाडी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पनि नाम र फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जाल मार्फत म्यासेज गरेको पाइए पछि राष्ट्र बैंकले सबैलाई जानकारी नै गराएको थियो । पछिल्ला दिनमा उच्च पदस्थ व्यक्तिहरु यसत्ता ह्याकरहरुको निशानामा पर्न थालेका छन् । नाम र फोटो दुरुपयोग गर्दै पैसा माग्ने तथा वार्गेनिङ गर्ने गरेका छन् । ह्याकरहरुले तपाईलाई चिठ्ठा परेको छ भन्दै म्यासेज गर्ने गरेका छन् । नेपाल प्रहरीले यस्ता गिरोहलाई समय समयमा पक्राउ गर्दै आए पनि सबै जना प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया