Nepal Life

हाइड्रोपावरको पहिलो बीमा गर्ने आइजिआइ प्रुडेन्सियल सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 05:21
हाइड्रोपावरको पहिलो बीमा गर्ने आइजिआइ प्रुडेन्सियल सम्मानित
Sanima Reliance

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ 'इपान'ले हाइड्रोपावरको पहिलो बीमा गर्ने आइजिआइ प्रुडेन्सियल इन्सोरेन्स कम्पनीलाई सम्मानित गरेको छ । साविक एनबी इन्स्योरेन्स कम्पनीले निजी स्तरको जलविद्युत आयोजनाको पहिलो बीमा गरेको थियो । 

NIMB

जतिवेला नेपालमा हाइड्रोपावरको बीमा गर्ने अभ्यास थिएन । सरकारी आयोजना तथा सरकारी बीमा कम्पनीको हिसावले राष्ट्रिय बीमा कम्पनीले जलविद्युतको बीमा गरेको थियो । यस भन्दा अगाडी विदेशी बीमा कम्पनीहरुले जलविद्युत आयोजनाको सिधै बीमा गर्ने गरेका थिए । नेपाली बीमा कम्पनीहरुको यस क्षेत्रमा अनुभव नहुँदा विदेशी बीमा कम्पनीहरु सँग सिधै सम्पर्क गरेर बीमा गर्ने गरिएको बीमा विज्ञ भोजराज शर्माले जानकारी दिए । 

उनका अनुसार नेपालमा जलविद्युत आयोजनाको बीमा गर्दा पनि विदेशबाट विज्ञहरु झिकाएर जोखिमको मूल्याङ्कन गरेर बीमा गरिएको थियो । नेपाली बीमा कम्पनीहरुको क्षमता नहुँदा कतिपय बीमा विदेशी बीमा कम्पनीहरु मार्फत नै गर्नु पर्ने अवस्था थियो । आजको दिनमा नेपाली बीमा कम्पनीहरु धेरै जसो जोखिम बहन गर्न सक्ने सामर्थ्य राख्छन् । 

यसरी निजी क्षेत्रका जलविद्युत आयोजनाको पहिलो पटक बीमाको शुरुवात गरेको भन्दै इपानले २४ औँ बार्षिकोत्सवको अवसरमा आइजिआइ प्रुडेन्सियल कम्पनीलाई सम्मान गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया