Nepal Life

निजी क्षेत्रले प्रवर्द्धन गरेको हाइड्रोपावरमा पहिलो कर्जा लगानी गर्ने नविल बैंक सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 05:34
निजी क्षेत्रले प्रवर्द्धन गरेको हाइड्रोपावरमा पहिलो कर्जा लगानी गर्ने नविल बैंक सम्मानित
Sanima Reliance

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ 'इपान'ले २४ औँ बार्षिकोत्सवको अवसरमा जलविद्युत आयोजनामा पहिलो कर्जा प्रवाह गर्ने नविल बैंकलाई सम्मानित गरेको छ । उक्त अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका हुन् । 

NIMB

इपानले निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको तत्कालिन नेपाल बंगलादेश बैंकलाई सम्मान गरेको हो । तत्कालिन नेपाल बंगलादेश बैंक हाल नविल बैंकमा गाभिएको छ । तत्कालिन बंगलादेश बैंकले निजी क्षेत्रले निर्माण गरेको आयोजनामा कर्जा लगानी गरेर उल्लेखनिय योगदान गरेको भन्दै सम्मान गरेको हो । बिहीबार २४ औँ बार्षिकोत्सवको समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सम्मान गरेका हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया