Nepal Life

माछापुच्छ्रे बैंकको मुनाफा २१.४५ प्रतिशतले घट्यो, खराव कर्जा बढ्दा वितरण योग्य मुनाफा ऋणात्मक देखियो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 06:38
माछापुच्छ्रे बैंकको मुनाफा २१.४५ प्रतिशतले घट्यो, खराव कर्जा बढ्दा वितरण योग्य मुनाफा ऋणात्मक देखियो
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा माछापुच्छ्रे बैंकको मुनाफा २१.४५ प्रतिशतले घटेको छ । बैंकले पुस मसान्तसम्ममा ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

NIMB

बैंकको व्याज आम्दानीमै गिरावट आउदा खुद व्याज आम्दानी र सञ्चालन मुनाफा घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.१९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ।

बैंकले समिक्षा अवधिमा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। मुनाफामा गिरावट सँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ। खराव कर्जा १.४१ प्रतिशतबाट २.६२ प्रतिशत पुगेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया