Nepal Life

मर्जर पछि युनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश घोषणा, न्युनतम पूँजी जुटाउन २० प्रतिशत हकप्रद आवश्यक

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 13:23
मर्जर पछि युनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश घोषणा, न्युनतम पूँजी जुटाउन २० प्रतिशत हकप्रद आवश्यक
Sanima Reliance

काठमाडौं । मर्जर पछि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पहिलो लाभांश घोषणा गरेको छ । मर्जर पछिको पहिलो लाभांश घोषणा सँगै साविक अजोड इन्स्योरेन्स कम्पनीका शेयरधनीले पहिलो पटक लाभांश पाउने भएका छन् ।

NIMB

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश सहित कुल १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ९० करोड रहेको छ । प्रस्तावित लाभांश वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने छ । साधारणसभाले लाभांश पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।

युनाइटेड अजोड साविक अजोड र युनाइटेड मर्जर भइ गएको जेठ १४ गते एकिकृत कारोबार भएको थियो । दुई कम्पनी विच १०० कित्ता बराबर ८२.५ कित्ताको अनुपातमा मर्जर भएको थियो । यसरी मर्जर हुँदा १७ करोड ७५ लाख रुपैयाँको वार्गेन पर्चेज गेन भएको थियो ।

स्थापना पश्चात अजोडले एक पटक पनि लाभांश दिन सकेको थिएन । संख्यात्मक र अंक मात्रै देखिने गरि कारोबार गर्दै आएको अजोडको वित्तीय अवस्था राम्रो नहुँदा लाभांश दिन सकेको थिएन । साविकको अवस्थामा दुबैको जगेडामा प्रयाप्त रकम नहुँदा मर्जर पछि पनि कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्नु पर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन कम्पनीलाई बोनस शेयर वितरण पश्चात पनि ४० करोड आवश्यक पर्नेछ । यस हिसावले कम्पनीले शेयरधनीहरु सँग थप २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिएको छ । कम्पनीले अवको साधारणसभा आह्वान गर्दा हकप्रद शेयर निष्काशनको पनि विशेष प्रस्ताव लेराउने सम्भावना देखिएको छ । मर्जर पछि भने कम्पनीले गुणात्मक व्यवसायमा ध्यान दिदै आएको छ । साविकका कतिपय पोलिसीमा कम्पनीले नराम्रो सँग घाटा बेहोर्नु परेपछि ति सबै पोलिसी अहिले बन्द गरिएको छ । कम्पनीले अहिले भने नाफामुलक पोलिसी मात्रै जारी गरेको हुँदा आगामी वर्षदेखि राम्रो लाभांश दिन सक्ने गरि मुनाफा आर्जन गर्ने योजना बनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया