Nepal Life

दुर्गा प्रसाइलाई राष्ट्र बैंकको भिडियो काउन्टर, हल्लाको भरमा कर्जा नतिर्ने काम नगर्न भिडियो सन्देश

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:00
दुर्गा प्रसाइलाई राष्ट्र बैंकको भिडियो काउन्टर, हल्लाको भरमा कर्जा नतिर्ने काम नगर्न भिडियो सन्देश
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय दुर्गा प्रसाइ जस्ता व्यक्तिहरुले बजारमा बैंकको कर्जा तिर्नु हुँदैन भनेर चलाएका हल्लालाई चिर्दै भिडियो सन्देश निर्माण गरेको छ ।

 

NIMB

प्रसाइले पुर्वका जिल्लामा ऋणीहरुलाई कर्जा भुक्तानी नगर्नु भन्दै ह्वीव जारी गर्नुका साथै बैंकका कर्मचारीलाई कुटपिट गर्ने जस्ता अराजक कामको नेतृत्व नै लिए । यहि हल्लाको भरमा उनले गएको मंसिरमा शक्ति प्रदर्शन नै गरे । तर उनको शक्ति प्रदर्शन असफल भयो ।

यहि हल्लाको पछाडी लाग्ने कयौ ऋणीको घरजग्गा लिलाम हुने अवस्थामा पुगेका छन् । यसै सन्दर्भलाई संकेत गर्दै राष्ट्र बैंकले भिडियो सन्देश नै निर्माण गरेको छ । जसरी चिया पसलमा यस्ता हल्ला हुन्छन् त्यसरी नै कलाकारको प्रयोग गरेर स्थानीय स्तरमा हुने कुराकानीलाई भिडियो मार्फत सन्देशन दिन खोजिएको छ ।

भिडियो सन्देशन मार्फत राष्ट्र बैंकले हल्लाको भरमा कर्जाको सावा व्याज भुक्तानी नगर्ने काम नगर्न अनुरोध समेत गरेको छ । बैंक वित्तीइ संस्थाले पनि अरु कसैको बचत गरेको रकम ऋण स्वरुप व्यवसाय गर्ने मौका लिएको हुँदा यस्तो मौकालाई दुरुपयोग गर्न नहुने राष्ट्र बैंकले जनाएको छ । अरुको बचतलाई कर्जा मार्फत व्यवसाय गर्न दिएको मौकालाई अवसरको रुपमा हेरर कर्जा भुक्तानी नगर्दा निषेप कर्ताको बचत नै डुब्न सक्ने राष्ट्र बैकको भनाइ छ ।

यदि अहिले आफुले तिरेको ऋण तिरेन भने भोलिका दिनमा आफुले जस्तै अरुले पनि कर्जा नपाउने राष्ट्र बैंकको तर्क छ । ऋणीहरुले कर्जा लिदा विभिन्न सर्तहरुमा हस्ताक्षर गरेर लिने हुँदा यो भोलिका दिनमा कानुनी तथा नैतिक दायित्व बन्द पुग्दछ । यदि आफुले लिएको कर्जा बहकाउमा राखेर तिरिएन भने भोलि घरजग्गा नै लिलाम हुन सक्ने अवस्था आउछ ।

हल्लाको भरमा ऋण नतिरेर कतिको घरजग्गा लिलाम भएको छ भने कतिको नाम कालो सूचीमा परेको भिडियो सन्देशमा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया