Nepal Life

लक्ष्मी सनराइज बैंकद्वारा “ई-कमर्स अक्वायरिङ” सेवा सुचारु

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:53
लक्ष्मी सनराइज बैंकद्वारा “ई-कमर्स अक्वायरिङ” सेवा सुचारु
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराईज बैंकले “ई(कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ ।  नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र VISA को सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरेको हो । 

NIMB

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकमहानुभावहरुले ई(कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई(कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले देशको ई(कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ ATM, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया