Nepal Life

हिमालयन बैंकका सिइओ अशोक राणाको वार्षिक तलब सुविधा २ करोड १४ लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 16:39
हिमालयन बैंकका सिइओ अशोक राणाको वार्षिक तलब सुविधा २ करोड १४ लाख
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको वार्षिक तलब सुविधा २ करोड १४ लाख रुपैयाँ रहेको छ । राणाले गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत एक करोड ८६ लाख रुपैयाँ र भत्ता १५ लाख ५० हजार रुपैयाँ बुझेका छन् ।

NIMB

बैंकले टेलिफोन/मोबाइल/उपयोगिता भत्ता बापत १३ लाख ५ हजार र विविध १२ हजार २९८ सहित २ करोड १४ लाख रुपैयाँ उपलब्ध गराएको छ । उनलाई यस बाहेक गाडी र बीमाको सुविधा दिइएको छ । बोनस ऐन २०३० अनुसार कर्मचारी बोनस प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको व्यवस्थापत तहका १८९ जना कर्मचारीलाई तलब बापत २१ करोड १४ लाख ४९ हजार रुपैयाँ प्रदान गरिएको छ । तलका साथै उनिहरुलाई २० करोड ६८ लाख रुपैयाँ भत्ता पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा सञ्चालकहरुले बैठक भत्ता बापत २० लाख २८ हजार रुपैयाँ बुझेका छन् । सञ्चालकहरुलाई पनि टेलिफोन/ मोबाइल/ उपयोगिता भत्ता बापत २ लाख ३ हजार खर्च भएको छ ।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया