Nepal Life

सिटिजन लाइफका सिइओ पौडेलको ग्राउण्ड जिरोदेखि सर्वाधिक उचाइको यात्रा, हेर्नुहोस् कम्पनीले हासिल गरेका अहिलेसम्मका उपलब्धी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 08:17
सिटिजन लाइफका सिइओ पौडेलको ग्राउण्ड जिरोदेखि सर्वाधिक उचाइको यात्रा, हेर्नुहोस् कम्पनीले हासिल गरेका अहिलेसम्मका उपलब्धी
Sanima Reliance

काठमाडौं । युवा उमेरमै भर्खरै स्थापना भएको सिटिजन लाइफको वागडोर सम्हालेका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीलाई नयाँ उचाइमा पुर्याएका छन् । कम्पनीले आगामी माघ १७ गते ७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । जुन साधारणसभा बीमा ऐन २०७९ लागु भए पछि ऐन अनुसार समयमा पहिलो पटक लेखापरीक्षण समाप्त सँगै वार्षिक साधारणसभा सम्पन्न गर्ने कम्पनी बन्दै छ । 

कम्पनीले हासिल गरेका हरेक वित्तीय सूचकमा अन्य कम्पनी भन्दा प्रतिसपर्धी र अगाडी रहदै आएको छ । प्रिमियममा शेयर जारी गरेर कम्पनीले लाभांश दिन सक्ने क्षमता बढाएको छ । उक्त प्रिमियमबाट आगामी वर्षमा मात्रै लाभांश दिन पाउने छ। यस वर्ष भने गत वर्षको मुनाफाबाट शेयरधनीलाई पहिलो पटक लाभांश दिदैछ । लाभांशको हिसावले आकर्षक नदेखिए पनि कम्पनीले जीवन बीमा क्षेत्रमा हासिल गरेका उपलब्धी भने उपलब्धीमुलक रहेको छ । 

कम्पनीलाई यो उचाइमा पुर्याउने प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको वार्षिक तलव सुविधा एक करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीले सिइओ पौडेललाई गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता बापत ८२ लाख ६७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

त्यस्तै पौडेलले कर्मचारी बोसस बापत १२ लाख ५३ हजार, प्रोत्साहन सुविधा बापत २१ लाख ४५ हजार, दुर्घटना बीमाको बीमा शुल्क २५ हजार ३९१ र परिवारको स्वास्थ्य बीमाको बीमा शुल्क ६ हजार ७५० रुपैयाँ प्राप्त गरेका छन् । पौडेलको यस वर्ष कुल प्राप्त तलब सुविधा घटेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा उनले एक करोड २७ लाख रुपैयाँ बुझेका थिए । यस वर्ष इन्सेन्टिभ रकम घट्दा तलब घटेको देखिएको हो ।

गत आर्थिक वर्षमा सञ्चालकहरुलाई बैठक भत्ता बापत १८ लाख १० हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ । अन्य प्रबन्धक तथा व्यवस्थापनका पदाधिकारीहरुको तलब भत्तामा २ करोड ८८ लाख खर्च भएको छ । यस सुविधा बापत प्रमुख कार्यकारी अधिकृतलाई सवारी साधनको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

बैंकि वित्तीय क्षेत्रमा २५ वर्ष भन्दा लामो अवधि विताइसकेका पौडेल जीवन बीमक संघको अध्यक्ष पनि हुन् । सिटिजन लाइफले २०७४ साल फागुनमा पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । जतिवेला उनि मेट लाइफ इन्स्योरेन्सको वित्त प्रमुखको जिम्मेवारी पूरा गरेर सिटिजन भित्रिएका थिए । बीमा क्षेत्रमा १५ वर्ष विताएर सिइओ बनेका पौडेले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर दोस्रो कार्यकाल पनि सफलतापुर्वक सञ्चालन गरिरहेका छन् । उनि सँग बीमा बाहेक वित्तीय क्षेत्रमा थप ६ वर्ष काम गरेको अनुवभ छ । उनको कार्यकौशलताले नै कम्पनीले हरेक वित्तीय सूचकमा उल्लेख्य सुधार गर्दै आइरहेको छ ।

हेर्नुहोस् सिइओ पौडेलको कार्यकालमा हासिल भएका अहिलेसम्मका उपलब्धी

कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीलाई शून्यबाट यहाँसम्म ल्याइपुर्याएका छन् । कोभिड १९ जस्तो कहाली लाग्दो समयमा पनि कम्पनीले जीवन बीमाको जागरण पैदा गर्दै अभिकर्ताको माध्यमबाट व्यापक रुपमा बजार विस्तार गरेको थियो । जसले गर्दा कम्पनीले छोटो समयमै ठुलो उपलब्धी हासिल गरेको छ । युवा उमेरमै सिइओ बनेका पौडेल मेट लाइफको अनुभवलाई सिटिजन लाइफमा राम्रो सँग उतार्न सफल देखिएका छन् । उनले कम्पनीलाई सिस्टोमेटिक रुपमा मात्रै हिडाएका छैनन् बलियो प्रतिस्पर्धी पनि बनाएका छन् ।

सिटिजन लाइफले यस वर्ष अन्य कम्पनी भन्दा पहिलो पटक लेखापरीक्षण सम्पन्न गरि वार्षिक साधारणसभा सम्पन्न गर्दै छ । उनले बीमा ऐन अनुसार समयमै लेखापरीक्षण सम्पन्न गर्ने प्रयास गरेका छन् । ऐन अनुसार समयमै लेखापरीक्षण सम्पन्न गरेका पौडेलले यहि माघ १४ गते वार्षिक साधारणसभा सम्पन्न गर्दैछ ।  

कम्पनीले साविधिक सँग सँगै आवधिक जीवन बीमा पोलिसी पनि बिक्री गरेको छ । जुन नीतिले कम्पनीको मुनाफा सँगै नेटवर्थलाई पनि बढाएको छ । अर्को तर्फ सावधिक बीमा पोलिसीको हिस्सा सर्वाधिक धेरै भएकोले कम्पनीको जीवन बीमा कोष ११ अर्ब नाघिसकेको छ । कम्पनीको अभिकर्ता संख्या सँगै पोलिसी संख्यामा हेरेक वर्ष बृद्धि भइरहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया