Nepal Life

नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी, रेशम बहादुरको परिवारलाई ७ लाख ११ हजार प्रदान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 19:06
नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी, रेशम बहादुरको परिवारलाई ७ लाख ११ हजार प्रदान
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तनहुँका रेशम बहादुर सार्कीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले सार्कीको परिवारलाई ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

 

NIMB

तनहुँका रेशम बहादुरले तीन वर्ष अगाडी लेखनाथ उपशाखा कार्यालयबाट ६ लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए । यस अवधिमा उनले ४ किस्ता बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ । 

बीमित रेशमको असामयिक निधन पछि कम्पनीले बीमाङ्क र हालसम्म भुक्तानी भएको बीमा शुल्क र आर्जित बोनस सहित कुल ७ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको हो । सो रकम लेखनाथ उपशाखाका प्रमुख अविनाश काफ्लेले बीमत रेशम बहादुरकी श्रीमति बुद्धिमाय सार्कीलाई चेक मार्फत हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै शाखा प्रमुख काफ्लेले बीमा बापत प्राप्त रकमलाई सही ठाउँमा सदुपयोग गर्न आग्रह गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया