Nepal Life

लामो समयसम्म सिइओ नहुनुको असर नेपाल बैंकमा, रिकभरी र कर्जा विस्तारमा समस्या देखिदा नाफा घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 19:56
लामो समयसम्म सिइओ नहुनुको असर नेपाल बैंकमा, रिकभरी र कर्जा विस्तारमा समस्या देखिदा नाफा घट्यो
Sanima Reliance

काठमाडौं । लामो समयसम्म प्रमुख कार्यकारी अधिकृत नहुनुको प्रभाव नेपाल बैंकको कर्जा प्रवाह र रिकभरीम देखिएको छ । गएको असोज १४ गतेदेखि बैंक प्रमुख कार्यकारी अधिकृत विहिन थियो । कृष्ण बहादुर अधिकारी बाहिरिएको ३ महिना पछि मात्रै तीलक राज पाण्डे नियुक्त भए ।

NIMB

यसरी लामो समयसम्म नेतृत्व नहुँदा बैंकको कर्जा विस्तार १.६८ प्रतिशतले मात्रै भएको छ भने खराव कर्जा ४.५ प्रतिशत पुगेको छ । यसरी कर्जा विस्तार रोकिनुका साथै खराव कर्जा पनि बढ्दा बैंकको मुनाफा ४९.६५ प्रतिशतले घटेको छ । जवकी बैंकको खुद व्याज आम्दानी २० प्रतिशतले बढेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब १७ करोड थियो । बैंकले ६ महिनामा ४ अर्ब ६३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिम ३ अर्ब ८४ करोड थियो । बैंकको खराव कर्जा ४.५ प्रतिशत पुग्दा २ अर्ब ७ करोडको इम्पेरियल चार्ज लगाउनु परेको छ । यस सँगै बैंकको सञ्चालन मुनाफा घटेको हो ।

प्रतिशेयर आम्दानी १३ रुपैयाँमा झरेको छ । सिडि रेसियो ७२.६२ प्रतिशतमा झर्दा बैंकमा अधिकत तरलता देखिएको छ । बैंकले ६ महिनाको अवधिमा १.६८ प्रतिशतले मात्रै कर्जा विस्तार गरेको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ८१ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया