Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंक पनि खराव कर्जाको सिकार, प्रोभिजनिङ सँगै मुनाफा ३९ प्रतिशतले घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Jan 20 20:13
सांग्रिला डेभलपमेन्ट बैंक पनि खराव कर्जाको सिकार, प्रोभिजनिङ सँगै मुनाफा ३९ प्रतिशतले घट्यो
National Life

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक पनि खराव कर्जाको सिकार भएको छ । खराव कर्जा ४.८९ प्रतिशत पुग्दा ३९ करोड ३२ लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । 

Shikhar
NIMB

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा १६ करोड ६५ लाख थियो । गत वर्षको तुलनामा ३९.८२ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया