Nepal Life

कुमारी बैंकको खुद व्याज आम्दानी ३५ प्रतिशतले बढ्यो, मुनाफा ८६ करोड ७२ लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 07:08
कुमारी बैंकको खुद व्याज आम्दानी ३५ प्रतिशतले बढ्यो, मुनाफा ८६ करोड ७२ लाख
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको खुद व्याज आम्दानी बढे पनि खराव कर्जालाई प्रोभिजनिङ गर्नु पर्दा मुनाफा १४.३१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

NIMB

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४५.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया