Nepal Life

मुक्तिनाथ विकास बैंकको खुद व्याज आम्दानीमा बृद्धि, खराव कर्जाको प्रभाव नाफामा

NMB Bank
  • BFIS News
  • 2024 Jan 21 07:18
मुक्तिनाथ विकास बैंकको खुद व्याज आम्दानीमा बृद्धि, खराव कर्जाको प्रभाव नाफामा
National Life

काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद व्याज आम्दानीमा सुधार देखिए पनि खराव कर्जा बढ्दा मुनाफामा भने प्रभाव देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.८० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९८ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ४४ करोडबाट बढेर साढे ७८ करोड पुगेको छ।

७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ५९ पैसा घटेर ११ रुपैयाँ ९२ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया