Nepal Life

वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको कल सेन्टर र डेविड स्यालरी कार्डको शुभारम्भ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 11:33
वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको कल सेन्टर र डेविड स्यालरी कार्डको शुभारम्भ
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा कर सेन्टर र डेविड स्यालरी कार्डको शुभारम्भ गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कल सेन्टरको उद्घाटन गरेका हुन् । कल सेन्टरबाट किस्ता भुक्तानी, व्याज भुक्तानी, मुद्दती निक्षेपको समाप्तिको जानकारी, कर्जा नविकरणको जानकारी, ग्राहकको गुनासो सुनुवाइ जस्ता सेवाहरु प्रवाह गर्ने छ । 

NIMB

बैंकले आजै डेविड स्यालरी कार्डको पनि शुभारम्भ गरेको छ । आजै एडिबिएल ओभर ड्राफ्ट कार्डको पनि शुभारम्भ गरिएको छ । यो कार्ड नियमित रुपमा तलब प्राप्त गर्ने कर्मचारीहरुले आफुले प्रयोग गरिरहेकै डेविड कार्डको माध्यम मार्फत यो सुविधा पनि पाउने छन् ।

आफुले जम्मा गरेको पैसा र नियम अनुसार स्वीकृत लिमिटको रकमबाटै यस्तो सुविधा लिन सकिने बैंकले जनाएको छ । यस्तो रकम सोही कार्ड तथा भुक्तानीका विभिन्न माध्यम मार्फत प्राप्त गर्न सकिने छ । छिटो छरितो प्रकृयाँबाटै लिन सकिने यो सुविधाले सेवाग्राहीहरु लाभांन्वित हुन सक्ने छन्। 

बैंकको यस्तो सुविधा त्रिपुरेश्वर शाखाबाट रमेश राज अधिकारीले प्राप्त गरेका छन् । एउटै खाताबाट आफुले जम्मा गरेको रकमबाट व्याज पनि पाइने र लिमिट बराबरको रकम सहुलियत व्याजदरमा सापटी पनि पाइने बैंकले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया