Nepal Life

बाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड आर्जन हुँदा नविलको सर्वाधिक : कसको कति?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 12:09
बाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड आर्जन हुँदा नविलको सर्वाधिक : कसको कति?
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले खुम्चिएको छ । नाफामा मात्रै खुम्चिएको छैन अधिकाम्स बैंकहरु यहि अवस्थामा लाभांश समेत दिन नसक्ने अवस्थामा पुगेका छन् । खराव कर्जा सँगै प्रोभिजनिङ गर्नु पर्दा मुनाफा खुम्चिएको हो ।

NIMB

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २० बाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा सम्बन्धित बैंकहरुले ३१ अर्ब ९४ करोड आर्जन गरेका थिए । मर्जर पछि बैंकहरुको मुनाफा भने थप खुम्चिएको छ । मर्जर पछि मुनाफा बढ्नु पर्नेमा उल्टै घटेको छ ।

समिक्षा अवधिमा सर्वाधिक धेरै नविल बैंकले तीन अर्ब २० करोड मुनाफा आर्जन गरेको छ । जवकी बैंकले गत वर्षको यहि अवधिमा ३ अर्ब ४१ करोड मुनाफा आर्जन गरेको थियोफ । यो मुनाफा गत वर्षको तुलनामा ६.२८ प्रतिशतले घटेको हो ।

त्यस्तै दोस्रो धेरै मुनाफा प्राइम बैंकको रहेको छ । प्राइमले दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड मुनाफा आर्जन गरेको छ । बैंकले गएको वर्षको तुलनामा ३२ प्रतिशतले बढाउन सफल भएको छ । यस वर्ष सर्वाधिक धेरै मुनाफा बढाउने एक मात्रै बैंक प्राइम मात्रै हो ।

तेस्रो धेरै मुनाफा ग्लोबल आइएमई बैंकको २ अर्ब ४ करोड रहेको छ । बैंकको मुनाफा गत वर्षको तुलनामा २६ प्रतिशतले घटेको हो । चौथो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको मुनाफा २६ प्रतिशतले खुम्चिएर २ अर्ब एक करोडमा सिमित भएको छ ।

यस वर्ष एनआइसी एशियाको मुनाफा ४१ प्रतिशतले घटेर एक अर्ब ९० करोडमा झरेको छ । अन्य बैंकहरु मर्जरमा गएर फाइदा लिदै गर्दा एनआइसी एशिया एक्लै हिड्नुको परिणाम वित्तीय विवरणमा देखिएको छ । गएका वर्षमा अन्य बाणिज्य बैंकहरुलाई टक्कर दिएको बैंक यस वर्षदेखि थला परेको छ ।

पहिलो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै मुनाफा आर्जन गरेको नेपाल इन्भेष्टमेन्ट दोस्रो त्रैमाशिक अवधिमा भने छैठौ नम्बरमा रहदै एक अर्ब ८० करोड आर्जन गरेको छ । यस वर्ष हिमालयन बैंकले सर्वाधिक धेरै प्रतिशतले मुनाफा बृद्धि गरेको छ । त्यस्तै एभरेष्ट बैंकले पनि मुनाफा बढाउन सफल देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया