Nepal Life

हिमालयन बैंकले पायो मर्जरको सिनर्जी, खुद व्याज आम्दानीमा सुधार सँगै मुनाफा ५७ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 12:53
हिमालयन बैंकले पायो मर्जरको सिनर्जी, खुद व्याज आम्दानीमा सुधार सँगै मुनाफा ५७ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले मर्जरको सिनर्जी प्राप्त गरेको छ । मर्जर सँगै खुद व्याज आम्दानीमा देखिएको सुधारले मुनाफामै ५७ प्रतिशतको बृद्धि देखिएको छ । 

NIMB

समीक्षा अवधिसम्मा बैंकले एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधि तुलनामा ५७.५३ प्रतिशत अर्थात ५४ करोड ९२ लाख रुपैयाँले धेरै हो ।

गत आर्थिक वर्षको यसैअवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी सहित सञ्चालन नाफामा वृद्धि हुँदा बैंकको खुद नाफा बढेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकको सञ्चालन नाफा दुई अर्ब २१ करोड पुगेको छ भने इम्पेरमेन्ट चार्ज एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।

चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । बैंकको कस्ट अफ फण्ड ८.३४ प्रतिशत छ । पुस मसान्तसम्म दुई खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरि सम्पुर्ण सूचकमा सुधार गरेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया