Nepal Life

कठिन परिस्थितिमा पनि एभरेष्ट बैंकको मुनाफा ७.८८ प्रतिशतले बढ्यो, खराव कर्जा नियन्त्रण गर्दा वितरण योग्य मुनाफा सर्वाधिक धेरै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 12:59
कठिन परिस्थितिमा पनि एभरेष्ट बैंकको मुनाफा ७.८८ प्रतिशतले बढ्यो, खराव कर्जा नियन्त्रण गर्दा वितरण योग्य मुनाफा सर्वाधिक धेरै
Sanima Reliance

काठमाडौं । कठिन परिस्थितिमा पनि एभरेष्ट बैंकले मुनाफा बढाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७.८८ प्रतिशलते मुनाफा बढाएको छ । 

NIMB

चालु आर्थिक वर्षको ६ महिनामा बैंकले एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गतवर्ष आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.८८ प्रतिशतले धेरै हो । गत आर्थिकवर्षमा बैंकले एक अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानीमा सामान्य प्रतिशतले घटेतापनि सञ्चालन आम्दानी बढोत्तरी हुदा बैंकको नाफामा सुधार भएको हो । बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ छ । सञ्चालन आम्दानी २ अर्ब ४४ करोड ७५ लाख छ भने इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँ छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ । यो बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक धेरै हो । बैंकको खराब कर्जा ०.७७ प्रतिशतमा छ । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ ।

११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले दुई खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया