Nepal Life

सिद्धार्थ बैंक जटिल आर्थिक अवस्थामा पनि खराव कर्जालाई व्यवस्थापन गर्न सफल, एक अर्ब १६ करोड मुनाफा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 14:08
सिद्धार्थ बैंक जटिल आर्थिक अवस्थामा पनि खराव कर्जालाई व्यवस्थापन गर्न सफल, एक अर्ब १६ करोड मुनाफा
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले जटिल आर्थिक अवस्थामा पनि बैंकिङ कारोबारलाई संयमित राख्दै एक अर्ब १३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल देखिएको छ । बाणिज्य बैंकहरुको औषत मुनाफाको बृद्धिदर १० प्रतिशतले घट्दा बैंकको भने २.१० प्रतिशतले मात्रै घटेको छ । बैंकले गत वर्षको यहि अवधिमा १ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

NIMB

बैंकको खुद व्याज आम्दानी २.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १ अर्ब ६५ करोडबाट घटेर १ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोड रहेको छ । सञ्चालन नाफामा सामान्य गिरावट आउदा नाफा प्रभावित भएको हो । यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ ।   

सिद्धार्थको खराब कर्जा दर २.८७ प्रतिशत विन्दुबाट घटेर २.५६ प्रतिशतमा झरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब ९६ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ३५ पैसाले घटेर १६ रुपैयाँ १८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८२ रुपैयाँ ७८ पैसा रहेको छ ।

खराव कर्जालाई नियन्त्रण गरेको बैंकले समिक्षा अवधिमा २ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरि एक खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया