Nepal Life

खराव कर्जा बढ्दा सानिमा बैंकको मुनाफा एक खर्ब १३ करोड, प्रतिशेयर आम्दानी १६.८१ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 14:16
खराव कर्जा बढ्दा सानिमा बैंकको मुनाफा एक खर्ब १३ करोड, प्रतिशेयर आम्दानी १६.८१ रुपैयाँ
Sanima Reliance

काठमाडौं । सानिमा बैंक पनि खराव कर्जाको सिकार भएको छ । हरेक वर्ष खराव कर्जालाई व्यवस्थापन गर्दै आएको बैंक यस वर्ष भने १.७२ प्रतिशत खराव कर्जाको लागि ८४ करोड ८५ लाख रुपैयाँको प्रोभिजनिङ गर्न बाध्य भएको छ । 

NIMB

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ११.४२ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ६.०४ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिसम्म यस बैंकले ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको थियो । पुससम्ममा यसको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ । यता, सञ्चालन नाफा पनि १०.६४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ६१ लाख कायम भएको छ । 

गत वर्ष उक्त नाफा १ अर्ब ८२ करोड २० लाख रुपैयाँ थियो । यो त्रैमासम्म आइपुग्दा बैंकले ८४ करोड ८५ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ । गत वर्ष उक्त शीर्षकमा ५७ करोड ३१ लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । 

हाल सानिमाको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा ६५ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा छ । गत वर्ष २० रुपैयाँ ६९ पैसा थियो । त्यसैगरी, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया