Nepal Life

लक्ष्मी सनराइजलाई मर्जरको सिनर्जी, खुद व्याज आम्दानी १०४ प्रतिशतले बृद्धि नाफामा भने खराव कर्जाको प्रभाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 15:12
लक्ष्मी सनराइजलाई मर्जरको सिनर्जी, खुद व्याज आम्दानी १०४ प्रतिशतले बृद्धि नाफामा भने खराव कर्जाको प्रभाव
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा खुद व्याज आम्दानी १०४ प्रतिशतले बढाउन सफल भएको छ । 

 

NIMB

बैंकले समिक्षा अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २ अर्ब ७६ करोड थियो । मुनाफा भने १.६६ प्रतिशतले मात्रै घटेको छ ।

समग्र बाणिज्य बैंकहरुकै मुनाफा औषतमा १० प्रतिशतले घट्दा लक्ष्मी सनराइजको भने यस पटक थोरैले मात्रै घटेको छ । बैंकको खराव कर्जा १.५६ प्रतिशतबाट ४.६७ प्रतिशत पुग्दा २ अर्ब ७३ करोड प्रोभिजनिङ गर्नु परेको छ । यसरी प्रोभिजनिङ गर्दा बैंकको मुनाफा एक अर्ब ५ करोड रुपैयाँ भएको छ ।

यदि प्रोभिजनिङ गर्नु नपरेको भए बैंकले २ अर्ब भन्द माथिको मुनाफा गर्ने थियो । बैंकले समिक्षा अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पूँजीकोष अनुपात १२.६७ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड भने ७.६१ प्रतिशतमा झरेको छ । प्रतिशेयर बम्दानी ९.१४ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया