Nepal Life

कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा, गभर्नर अधिकारीले गरे प्रशंसा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 15:33
कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा, गभर्नर अधिकारीले गरे प्रशंसा
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा देखिएको छ । गएका त्रैमाशमा खराव कर्जाले गर्दा नोक्सानमा देखिएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

NIMB

बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले खराव कर्जालाई सुधार गर्दै यस त्रैमाशमा उल्लेख्य नाफा गर्न सकेकोमा प्रशंसा गरेका छन् । उनले यो सुधार अपरिस्कृत वित्तीय विवरणमा मात्रै नभएर आर्थिक वर्षको अन्तिमसम्मा टिकाइराख्न अनुरोध गरेका छन् । 

गत वर्षको यसैअवधिमा बैंकले घाटा व्यहोरेको थियो । कृषिको खुद ब्याज आम्दानी २०.३३ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा १ अर्ब ८४ करोड रहेको छ। गत वर्षको पुसमा यसको उक्त आम्दानी ऋणात्मक थियो।  

यसको इम्पेयरमेन्ट चार्ज २ अर्ब १७ करोडबाट घटेर १ करोड ९ करोड कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको हो । यसको वितरणयोग्य नाफा ७५ करोड २१ लाख रुपैयाँ रहेको छ । कृषिको खराब कर्जा दर ४.५२ प्रतिशत विन्दुबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १५ अर्ब ३८ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ७९ पैसा रहेको छ ।

बैंकले समिक्षा अवधिमा कर्जा रिकभरीमा विशेष ध्यान दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिएका छन् । बैंकले आधुनिक प्रविधिलाई उच्चतम प्रयोग गर्दै ग्राहकहरुलाई राम्रो सेवा प्रवाह गरिरहेको बताएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया