Nepal Life

नेपाल लाइफको एक वर्षको मुनाफा एफपिओको करमा, गत आर्थिक वर्षको मुनाफाबाट कति दिन सक्ला ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 10:53
नेपाल लाइफको एक वर्षको मुनाफा एफपिओको करमा, गत आर्थिक वर्षको मुनाफाबाट कति दिन सक्ला ?
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको माघ ७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो । 

NIMB

कम्पनीले ७ वर्ष अगाडी निष्काशन गरेको एफपिओको कर एको मंसिर मसान्तमा एकै पटक भुक्तानी गर्नु परे पछि लाभांश दिन नसकेको हो । सरकारले भुत प्रभावी कानुन बनाएर एफपिओमा कर निर्धारण गरे पछि एक अर्ब भन्दा बढी कर भुक्तानी गर्नु परेको हो । यसरी सात वर्ष अगाडीको आम्दानीलाई देखाएर सरकारले कर असुली गरे पछि यस वर्ष लगानीकर्ता मारमा परेका छन् । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर भुक्तानी गरे पनि अझै गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कनमा ढिलाइ हुँदा कम्पनीले लेखापरीक्षण प्रतिवेदन बनाउन पाएको थिएन । नेपाल बीमा प्राधिकरणले एक्चुरियल मूल्याङ्कनको स्वीकृतिमा ढिलाइ गर्दा लेखापरीक्षण कार्यमै ढिलाइ भएको हो । 

हाल नेपालब ीमा प्राधिकरण तथा एक्चुरीले राखेका विषयहरु संबोधन भइसकेकाले नेपाल लाइफले अवको ३ महिना भित्रमै गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण सम्पन्न गर्ने छ । यस वर्ष कम्पनीका कतिपय प्रोभिजनिङ खुला हुँदैछ । साथै विगतका वर्षमा भन्दा कम्पनीको मुनाफामा पनि धेरै सुधार हुने देखिएको छ । यसले गर्दा कम्पनीले एक वर्षको लाभांश करमा खर्चिए पनि दोस्रो वर्षको मुनाफाबाट आकर्षक लाभांश दिन सक्नेदेखिएको छ । 

नेपाल लाइफको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । खर्ब भन्दा माथि जीवन बीमा कोष सञ्चालन गर्दै आइरहेको नेपाल लाइफले नयाँ नयाँ क्षेत्रमा लगानी विस्तार गर्दै छ । गएका वर्षमा पनि कम्पनीले बैंकहरुले प्रदान गरेको उच्चतम व्याजदरको उपयोग गरेको थियो । यसले गर्दा पनि कम्पनीको मुनाफामा राम्रो सुधार हुने अपेक्षा गरिएको छ । बैंकले एक अर्ब भन्दा बढि लाभांश वितरण गर्न योग्य मुनाफा गर्यो भने पनि १० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्न सक्ने छ । 

लाभांश सहित एकै पटक दुई आर्थिक वर्षको साधारणसभा 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ भने अव २०७९/८० को पनि छिट्टै लेखापरीक्षण सम्पन्न गरि एकै पटक साधारणसभा गर्न सक्ने सम्भावना पनि उच्च छ । यदि अघिल्लो आर्थिक वर्षको साधारणसभाको प्रकृयाँमा अगाडी बढ्यो भने आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न हुन अझै ढिलाइ हुनेछ । यसले गर्दा कम्पनीले आगामी बैशाखमा एकै पटक दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्न सक्ने सम्भावना पनि उत्तीकै देखिन्छ । यसो गर्दा कम्पनीले शेयरधनीहरुलाई एक वर्षको लाभांश सहितको साधारणसभाका लागि आह्वान गर्न सक्ने छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया