Nepal Life

नेपाल लाइफको बोनसदर बढ्यो, बीमितले सर्वाधिक प्रतिहजार ८५ रुपैयाँसम्म पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 10:05
नेपाल लाइफको बोनसदर बढ्यो, बीमितले सर्वाधिक प्रतिहजार ८५ रुपैयाँसम्म पाउने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को एक्चुरियल मूल्याङ्कन सँगै बीमितका लागि नयाँ बोनसदर तयार पारेको हो । 

 

NIMB

कम्पनीले बीमितका लागि गएका वर्षको भन्दा पनि धेरै प्रतिहजार ८५ रुपैयाँ पुर्याएको छ । ३० वर्ष भन्दा माथि अवधिको जीवन बीमा पोलिसी खरिद गर्ने बीमितले न्युनतम ८२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म पाउने छन् । 

कम्पनीले फ्युचर बोनस प्रोभिजनिङ गर्दा पनि आकर्षक प्रतिफल दिन सफल भएको हो । कम्पनीले केहि मनि व्याक पोलिसीमा भने प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । बीमाको सिद्धान्त अनुसार कम्पनीले साविधिक जीवन बीमा पोलिसीमा बोनसदर बढाएको छ भने मनिव्याक पोलिसीमा बोनसदर घटाएको छ । नेपाल बीमा प्राधिकरणको नियम अनुसार कम्पनीले ४० प्रतिशत भन्दा धेरै फ्युचर बोनस प्रोभिजनिङ गरिसकेको छ । अवका केहि वर्ष भित्रै कम्पनीले यस्तो प्रोभिजनिङ सत प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । तत्पश्चात कम्पनीको बोनसदरमा थप स्थिरता आउनुका साथै बीमितले सर्वाधिक धेरै र आकर्षक बोनसदर प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविरण रमण पराजुलीले बताए । 

सार्वजनिक भएको बोनस दर अनुसार जीवन सारथी जीवन बीमा पोलिसीको २६ वर्षभन्दा बढि समयका बीमा पोलिसीको बोनसदर ८५ रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष ८२ रुपैयाँ रहेकोमा यसवर्ष बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार अधिकतम् ८२ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक जीवन बीमालेख नौलो सुरक्षित र नौलो केटाकेटी बीमालेखको बोनसदर न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म तोकिएको छ ।

सार्वजनिक भएको बोनस दर अनुसार सावधिक जीवन बीमा पोलिसी अन्तर्गतकै जीवन समुन्नतका बीमितले न्यूनतम् ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सोही विधाको जीवन साहारा बीमा पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

नेपाल लाइफले यस वर्ष पोलिसी बोनसदरमा आधारस्तम्भ तयार पारेको छ । जसले बीमितलाई कहिले पनि पछाडी फर्केर हेर्नु पर्ने छैन । कम्पनीले आगामी वर्षमा आकर्षक बोनसदर घोषणा गर्ने आधार तयार परेको छ । यसले भोलिका वर्षमा बीमित तथा अभिकर्ता दुबै पक्षलाई बजार प्रवर्द्धनमा मद्दत पुर्याउने कम्पनीको विश्वास छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया