Nepal Life

पुर्व अध्यक्ष राजेन्द्र अमात्य समुहद्धारा नेपाल लाइफ अभिकर्ता संघको एक करोड ९० लाख हिनामिना

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 20:43
पुर्व अध्यक्ष राजेन्द्र अमात्य समुहद्धारा नेपाल लाइफ अभिकर्ता संघको एक करोड ९० लाख हिनामिना
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको पूर्व अध्यक्ष राजेन्द्र अमात्य समुहले एक करोड ९० लाख भन्दा ठुलो रकम हिनामिना गरेको पाइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गरेको छानविनका क्रममा पूर्व कार्य समितिका पदाधिकारीहरुले कोषबाट ठुलो रकम अपचलन गरेको पत्ता लगाएको हो ।

 

NIMB

पेशागत बीमा अभिकर्ता सघं नेपाल विमक समिति नेपाल लाइफले विगत २०७१ सालदेखि २०७८ सालसम्म काटेको प्रति पोलिसि रु १० र ए.एम/बी.सी लेवि वापतको २ करोड ४२ लाख २४ हजार ८३० रुपैयाँ उठ्नु पर्ने देखिएको छ । तर बैंक खातामा भने ५० लाख ७४ हजार रुपैयाँ मात्रै देखिएको पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।

नयाँ कार्यसमितिले नियम अनुसार शाखा तथा उपशाखा कार्यालयबाट अभिकर्ताको कमिशनबाट कट्टा गरिएको रकमको लगत निकालेको छ । यसरी ७ वर्षको अवधिमा शाखा तथा उपशाखाबाट अभिकर्ताको नाममा काटिएको ठुलो रकम संघको बैंक खातामै जम्मा नभएको पाइएको छ ।

साथै उठेको रकमहरु पनि बैंकबाट राजेन्द्र अमात्य, कृष्ण प्रसाद आचार्य, नन्द प्रसाद तिवारी, तेज प्रसाद तिवारी लगायतको केन्द्रिय समुहले आ-आफ्नो व्यत्तिगत नाममा निकालेको बैंक स्टेटमेन्टमा देखिएको संघले जनाएको छ ।

यसै क्रममा संघले शाखा स्तरको कार्यसमितिका अध्यक्षहरुलाई अभिकर्ताको नाममा काटिएको रकम केन्द्रले पठाए नपठाएको समेत पत्ता लगाउन निर्देशन दिएको छ । संघले सम्पुर्ण शाखाका पदाधिकारीहरुलाई २०७१ देखि २०७८ सालसम्म अभिकर्ताको नामबाट काटिएको लेवी रकमको सम्पुर्ण विवरण तयार पारेर पठाएको छ ।

उक्त विवरण अनुसार आफ्नो शाखाको रकम कटेको मध्ये केन्द्रले शाखालाई कति रकम पठाएको र यदि कुनै रकम पठाएको छैन भने शाखा समितिको निर्णय सहित उक्त रकम उपलब्ध गराइदिन नजिक रहेको सिआइबी र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गर्न संघले अनुरोध गरेको छ । यस्तो निवेदनको जानकारी केन्द्रमा पनि पठाउन अनुरोध गरिएको छ ।

यस्तो कुराले आफुलाई अप्ठ्यारो पर्ने देखिए पछि उम्किनका लागि राजेन्द्र अमात्य सहितको समुहले अदालतमा मुद्दा दायर गरेर अल्झाउन खोजेको नयाँ कार्यसमितिले आरोप लगाएको छ । यसका लागि ठुलो चलखेल भइरहेको भन्दै सबैलाई सचेत हुन संघले अनुरोध समेत गरेको छ । संघले सम्पुर्ण अभिकर्तालाई आर्थिक हिनामिनामा संलग्न राजेन्द्र अमात्य, कृष्ण प्रसादको समुहलाई बहिस्कार गर्न र उनिहरुको गलत कदम बिरुद्ध एकजुट हुन सबैलाई अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया