Nepal Life

प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेश कुमार भट्टराइ, निमित्त सिइओको जिम्मेवारी प्रसाइले पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 15:18
प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेश कुमार भट्टराइ, निमित्त सिइओको जिम्मेवारी प्रसाइले पाउने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका छन् । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफको मर्जर पछि बनेको प्रभु महालक्ष्मी लाइफको नेतृत्वबाट बाहिरिएका हुन् । 

 

NIMB

माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी फागुन १० गतेदेखि लागु हुने गरी अवकास प्रदान गर्ने निर्णय गरेको हो । बैंक वित्तीय क्षेत्रमा ४ दशक भन्दा लामो अवधि विताएका भट्टराईले कम्पनीबाट बाहिरिने निर्णय गरेका हुन् । मर्जर अगाडी नै भएको सहमति अनुसार उनि बाहिरिएका हुन् । 

उनि बाहिरिए सँगै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाइले पाएका छन् । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस भन्दा अगाडी साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । मर्जर पछि सहमतिका आधारमा उनि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । साविक महालक्ष्मी लाइफका भट्टराइ बाहिरिए सँगै उने अव कम्पनीको बागडोर सम्हाल्ने छन् । 

चार्टर्ड एकाउन्टेन्ट प्रसाइ नेपाल बीमा प्राधिकरणको जागिर छाडेर नेपाल लाइफ इन्योरेन्स कम्पनी छिरेका थिए । नेपाल लाइफमा ८ महिना प्रमुख कार्यकारी अधिकृत सहित ४ वर्ष विताएका प्रसाइ साविक प्रभु लाइफमा प्रवेश गरेका थिए । बीमाको टेक्निकल पार्टमा अब्बल प्रसाइले अवका दिनमा प्रभु महालक्ष्मी लाइफलाई नेतृत्व गर्ने छन् । 

प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि पुन नयाँ प्रकृयाँ पुरा गर्नु पर्ने भएकाले केहि समय लाग्ने छ । कम्पनी सार्वजनिक गरेको सूचना अनुसार फागुन एक गतेसम्म भट्टराइ नै प्रमुख कार्यकारी अधिकृत रहने भएकाले सञ्चालक समितिले सिइओमा नियुक्ति गर्ने निर्णय गरि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्नेछ । बीमा प्राधिकरणले स्वीकृति दिए पछि बल्ल उनि बैधानिक रुपमा प्रमुख कार्यकारी अधिकृत हुनेछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया