Nepal Life

दोस्रो त्रैमाशमा जीवन बीमा व्यवसाय ७ प्रतिशतले बढेर ७४ अर्ब नाघ्यो, नेपाल लाइफको सर्वाधिक धेरै २० अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 16:40
दोस्रो त्रैमाशमा जीवन बीमा व्यवसाय ७ प्रतिशतले बढेर ७४ अर्ब नाघ्यो, नेपाल लाइफको सर्वाधिक धेरै २० अर्ब
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा व्यवसाय ७ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमाशिक अवधिमा ७४ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

NIMB

उनिहरु मध्ये सर्वाधिक धेरै नेपाल लाइफले २० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै बीमा शुल्क एनआइसी नेपालले ८ अर्ब २६ करोड करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्बरमा रहेको नेशनल लाइफले ८ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ । चौथो नम्बरमा रहेको हिमालयन लाइफले ८ अर्ब ९ करोड, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ७५ करोड, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड, एशियन लाइफले ३ अर्ब ७२ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ८५ करोड, सिटिजन लाइफले २ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा एलआइसी नेपाल, राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपालको व्यवासय घटेको छ । यसै अवधिमा सर्वाधिक धेरै हिमालयन लाइफको ३९ प्रतिशतले व्यवासय बढेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया