Nepal Life

नेको इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभा सम्पन्न, चार वर्षका लागि ६ सञ्चालक निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:13
नेको इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभा सम्पन्न, चार वर्षका लागि ६ सञ्चालक निर्वाचित
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लिसारा रिसेप्सन नक्सालमा आह्वान गरेको वार्षिक साधारणसभाले संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना सहित ६ जना सञ्चालकको निर्वाचनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

NIMB

निर्वाचनबाट रमेश कुमार निरौला र विनय रमण पौडेल निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा. निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न साधारणसभाले सञ्चालक समितिको  तर्फबाट अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ । कम्पनीको दफा ११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया