Nepal Life

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेश कुमार निरौला चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:29
नेको इन्स्योरेन्सको अध्यक्षमा रमेश कुमार निरौला चयन
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार निरौला चयन भएका छन् । आजै सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले संस्थापक समुहको तर्फबाट २ जना र सर्वसाधारण समुहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचनलाई सर्वसम्मत पारित गरे सँगै आजै बसेको सञ्चालक समितिको बैठकले निरौलालाई अध्यक्षमा चयन गरेको हो । 

 

NIMB

सञ्चालक समितिको निर्वाचनबाट संस्थापक समुहको प्रतिनिधित्व गर्दै राष्ट्रिय बाणिज्य बैंकका विनय रमण पौडेल सञ्चालक बनेका छन् । त्यस्तै कृषि विकास बैंकको तर्फबाट प्रताव सुवेदी सञ्चालकमा निर्वाचित भएका छन् । 

सर्वसाधारण समुहको तर्फबाट भानुभक्त पोखरेल, डा. निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्वाचित भएका हुन् । अध्यक्ष निरौलाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । निरौलाले अध्यक्ष सँग सपथ लिए सँगै अन्य सञ्चालकहरुलाई पनि सपथ ग्रहण गराएका छन् । 

यस भन्दा अगाडी कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रोहित कुमार भट्टराई थिए । उनि २०७७ जेठदेखि लगातार अध्यक्षको भुमिकामा थिए । सञ्चालक समितिको निर्वाचन सँगै डा. निलीमा श्रेष्ठ, भानुभक्त पोखरेल र भरत कुमार अधिकारीले निरन्तरता पाएका हुन् । 

शुक्रवार सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ । कम्पनीको दफा ११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया