Nepal Life

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 21:35
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ठाकुरद्वारा शाखा कार्यालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय स्तरमै यस्तो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा खुसलपटुवाबाट ३५ जना जनाको सहभागिता रहेको थियो । 

NIMB

संस्थाले सदश्यहरुलाई वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्य सहित देशभर सबै शाखा कार्यालय मार्फत यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

सदश्यहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यवहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्बृद्धिमा सघाउ पुर्याउने उद्देश्यका साथ  बित्तिय साक्षरता गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा शाखा प्रमुख खेम राज ओझाले लघुबित्त बित्तिय संस्थाको सञ्चालित कार्यक्रमहरूले समुदायमा वित्तीय जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमलाई संबोधन गर्दै शाखा प्रमुख ओझाले यस्ता कार्यक्रमहरु दुर दराजका जन समुदायसमेत लाभांवित हुने गरि समय समयमा सञ्चालन गर्नु पर्ने बताए ।

ओझाले अन्तर्क्रिया तथा छलफलमा सहभागीहरुलाई आफ्नो प्रस्तुति दिने क्रममा वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बीमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ , ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने, आफ्नो लघु ब्यवसाय लाई कसरी ब्यवसाहिक बिकास गरी आम्दानी बृद्धी गर्ने र पारिवारीक बजेट कसरी निर्माण गर्ने र यसको महत्व बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा शाखाका कर्मचारि अक्षय चौधरीले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबैमा धन्यवाद दिए । डिप्रोक्स लघुवित्त वित्तीय संस्था सदैव ग्रामिण समुदायमा रहेका महिला दिदीबहिनीको आर्थिक पहुँच बिस्तार, बचत बृद्धि, व्यवसाय संचालनको लागि कर्जा सुविधा उपलव्ध गराउन, महिला सशक्तीकरण र गरिवी निवारणको क्षेत्रमा  सदैव प्रतिवद्ध रहेको समेत बताए ।

साथै वित्तीय साक्षरता कमर्यक्रममा सहभागी सदश्य सुनिता चौधरीले वित्तीय संस्थाले आफुलाई सधै बित्तिय साथीको रुपमा काम गरेको र यस्ता कार्यक्रमबाट आफु जस्तो कम साक्षर भएको महिलालाई आफ्नो आर्थिक सुधारमा थप ज्ञान प्रदान गरेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन ठाकुरद्वारा शाखाका कनिष्ठ कार्यक्रम सहायक सुमित्रा चौधरीले गरेकी थिइन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया