Nepal Life

नेशनल लाइफले गर्यो ४ सिओटी सहित ८७ एमडिआरटी क्वालिफाइडलाई विशेष सम्मान, भैरहवामा भव्य कार्यक्रम

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 08:53
नेशनल लाइफले गर्यो ४ सिओटी सहित ८७ एमडिआरटी क्वालिफाइडलाई विशेष सम्मान, भैरहवामा भव्य कार्यक्रम
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सन् २०२४ का लागि एमडीआरटी र सिओटी क्वालिफायर्ड अभिकर्ताहरुलाई भैरहवाको टाइगर प्यालेस रिसोर्टमा भव्य सम्मान गरेको छ । कम्पनीले शुक्रवार आयोजना गरेको विशेष कार्यक्रममा कोर्ट अफ द टेबल (सीओटी) २०२४ मा पर्न सफल चार जना र ८७ जना एमडीआरटीलाई विशेष सम्मान गरेको हो ।

NIMB

कम्पनीले भैरहवामा आयोजना भएको भव्य कार्यक्रममा सिओटी २०२४ क्वालिफाइड प्रकाश श्रेष्ठ, टंक बहादुर क्षेत्री, मोहन तिमिल्सिना र जीवनकुमार खत्रीलाई विशेष सम्मान गरेको छ । उनिहरुका लागि छुट्टै केक काट्नुका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले मेडल सहित सम्मान गरेका छन् । चारै जना सन् २०२३ मा कुल १ करोड २५ लाख १४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरि २०२४ का लागि सीओटी योग्य भएका हुन् ।

यसरी चार सिओटीले मात्रै नेपाल लाइफमा ३ करोड भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरेर कम्पनीलाई प्रतिस्पर्धी बनाउन विशेष योग्दान पुर्याएका छन् । २०२४ कालागि सीओटी क्वालिफाइड भएका सानागाउँ ललितपुरका प्रकाश श्रेष्ठ हालसम्म ४ पटक सीओटी बनिसकेका छन् ।

सन् २०२४ का लागि सिओटी क्वालिफाइड टंक बहादुर क्षेत्रीले आफ्नो १५ वर्षको अभिकर्ता जीवनमा धेरै पटक टीओटी र सिओटीको लागि योग्यता हासिल गरिसकेका छन् । उनि एक वर्ष अगाडी मात्रै नेशनल लाइफ प्रवेश गरेका हुन् । छोटो समयमै उनि नेशनल लाइफमा सिओटी बन्न सफल भएक हुन् । यस वर्षका अर्का सिओटी जीवन कुमार खत्री पनि जीवन बीमा क्षेत्रमा २०६९ देखि लगातार सक्रिय छन् । उनि एक दशकदेखि नै धेरै पटक सिओटी र टिओटी क्वालिफाइड भइसकेका छन् । खत्री ३ वर्ष अगाडी मात्रै नेशनल लाइफम प्रवेश गरेका थिए । बुटवल शाखाका अभिकर्ता मोहन तिमिल्सिना पनि नेशनल लाइफ इन्स्योरेन्सबाट सन् २०२४ का लागि सीओटी क्वालिफाइड भएका छन् ।

सन् २०२३ मा एमडिआरटीका लागि कुल ४१ लाख ७१ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नु पर्ने व्यवस्था थियो । त्यस्तै सिओटीका लागि कुल १ करोड २५ लाख १४ हजार रुपैयाँ र  टिओटीका लागि कुल २ करोड ५० लाख २९ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नु पर्ने व्यवस्था रहेको थियो ।

यस्ता सम्मानले अभिकर्ताहरुलाई अझै धेरै व्यवसाय गर्न हौसला प्रदान गर्ने कम्पनीको विश्वास छ । अभिकर्ताहरुले बीमित समक्ष पुगेर बीमा पोलिसीको बारेमा बुझाएर बीमा गराउने भएकाले कम्पनीहरुले अभिकर्ताहरुलाई इन्सेन्टिभ तथा विभिन्न सम्मान गर्ने गरेका छन् । नेशलन लाइफले एमडिआरटी २०२४ का लागि दोस्रो धेरै अभकर्ताहरु प्राप्त गरेको छ । पछिल्ला दिनमा कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा छलाङ मार्दै आइरहेको छ । चरम आर्थिक मन्दीमा पनि कम्पनीले अभिकर्ताको हौसला बढाउदै व्यवसाय बृद्धि गर्न सफल हुँदै आइरहेको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया