Nepal Life

अन्तर्राष्ट्रिय बजारलाई धान्ने जलविद्युत उत्पादन गर्न नेपाल भित्रको वित्तीय स्रोतले पुग्दैन, बैंकर्स संघका अध्यक्ष केसी को विचार

Global Ime detail Page
  • सुनिल केसी
  • 2024 Jan Sat 09:45
अन्तर्राष्ट्रिय बजारलाई धान्ने जलविद्युत उत्पादन गर्न नेपाल भित्रको वित्तीय स्रोतले पुग्दैन, बैंकर्स संघका अध्यक्ष केसी को विचार
Sanima Reliance

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले आजसम्ममा करिव करिव ३२२ अर्ब जति जलविद्युत र अन्य नविकरणीय उर्जामा लगानी गरेको छ । यो बैंकहरुले गरेको कुल लगानीको ६ प्रततिशत भन्दा माथि हो । पछिल्ला दुई वर्षमा मात्रै एक सय अर्ब भन्दा माथिको लगानी भएको छ । विगत ५ वर्ष भन्दा यताको अवधिलाई हेर्ने हो भने १२२/२३ अर्ब कर्जा प्रवाह भएको छ ।

 

NIMB

आजको दिनमा बैंकहरुले कुल ५ हजार अर्ब हाराहारी कर्जा लगानी गरेका छन् । यस मध्ये उर्जा क्षेत्रमा ३२२ अर्ब मात्रै लगानी भएको छ ।  यदि यसको बृद्धि चक्रिय रुपमै १० प्रतिशतका दरले जाने हो भने पनि आजको ५ वर्ष पछि अर्थात सन् २०३० सम्ममा एक हजार अर्ब अर्थात १०० खर्बको लगानी हुने देखिन्छ । आज भन्दा १० वर्ष अगाडीको अवस्थालाई हेर्ने हो भने उर्जा क्षेत्रमा बैंकहरुको कर्जा विस्तार १७ प्रतिशतको बृद्धि रहेको छ । आजको दिनमा नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कुल कर्जाको १० प्रतिशत लगानी उर्जा क्षेत्रमा हुनु पर्छ । यसले गर्दा आगामी दिनमा अझै पनि उर्जा क्षेत्रमा कर्जा लगानी गर्ने राम्रो सम्भावना बाँकी छ ।

लगानी बृद्धि चक्रिय रुपमै १० प्रतिशतका दरले जाने हो भने पनि आजको ५ वर्ष पछि अर्थात सन् २०३० सम्ममा एक हजार अर्ब अर्थात १०० खर्बको लगानी हुने देखिन्छ । आज भन्दा १० वर्ष अगाडीको अवस्थालाई हेर्ने हो भने उर्जा क्षेत्रमा बैंकहरुको कर्जा विस्तार १७ प्रतिशतको बृद्धि छ ।

जलविद्युत क्षेत्रमा लगानीका निम्ति नेपाल राष्ट्र बैंककै प्रावधान अनुसार नै उर्जा क्षेत्रमा कर्जा विस्तार गर्ने हो भने सन् २०३० सम्ममा हामीले १० खर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्नु पर्नेछ । अवको ५/६ वर्षमा उर्जा क्षेत्रमा अर्को ७/८ सय अर्बको कर्जा विस्तार हुने अहिले नै देखिन्छ । निश्चय नै नविकरणिय उर्जा, ग्रिन इनर्जी, क्लिन इनर्जीका लागि हाम्रो ठुलै प्रतिवद्धता रहेको छ ।   

आजको दिनमा सबै बैंकहरुको कोर क्यापिटल जोड्ने हो भने ७ सय अर्ब हाराहारीमा छ । बैंकहरुले एउटा सिङ्गल आयोजनामा वित्तीय लगानी गर्दा कोर क्यापिटलको ५० प्रतिशतसम्म पाउछन् । यदि सबै बैंकहरु एकै ठाउँमा आयौ भने एउटै आयोजनामा ३५० अर्बको लगानी गर्न सक्छौ । यसबाट २५ सय देखि ३ हजार मेगावाट क्षमताको आयोजना निर्माण गर्न सक्ने क्षमता विकास भइसकेको छ । यति हुँदा हुँदै पनि १५ हजार मेगावाटका आयोजना बनाउने कुरा भइसकेको छ । यस बाहेक पनि ४० हजार मेगावाट भन्दा धेरैको लागि कुरा भइरहेको छ ।

कसरी जुटाउने कर्जा

समग्रमा आजको दिनसम्ममा जलविद्युत क्षेत्रमा जुन किसिमको प्रगति देखिएको छ त्यसलाई पुर्णता दिने दिशामा नेपालको बैंकिङ क्षेत्र लागेको छ । यसमा दुई वटा पक्षहरु रहेका छन् । एउटा यसमा ठुलो सम्भावना देखेर हामी लागिरहेका छौ भने अर्को तर्फ नेपाल सरकारको नीति अनुरुप निश्चित प्रतिशत लगानी उर्जा क्षेत्रमा विशेषगरी जलविद्युत क्षेत्रमा गर्नु पर्ने आवश्यकता छ ।

यसले गर्दा पछिल्लो समय जलविद्युत सँग सँगै अन्य नविकरणीय उर्जा उत्पादनको क्षेत्रमा बैंकहरुको लगानी बढ्दो छ । यति ठुलो लगानी पछि २७/२८ सय मेगावाट विद्युत उत्पादन भइसकेको छ ३१ सय मेगावाट क्षमताको आयोजनाका लागि वित्तीय लगानीको सहमति गरिसकिएको अवस्था छ । यस बाहेक अझै २६/२७ सय मेगावाटको लागि सहमति गर्न बाँकी नै छ ।

अवको चरण भनेको बैंक वित्तीय संस्थाले लगानी गर्ने सक्ने क्षमता र आवश्यक पूँजीको ग्याप पुरा गर्नु हो । यसका लागि कस्तो खालका उपकरण/औजार मार्फत कर्जा भित्र्याउने भन्ने हो । यसका लागि व्लेण्डेड फाइनान्स, ग्रिन बण्ड, हेजिङ लगायतका औजारको प्रयोग गर्नु पर्नेछ । यसका लागि सबैभन्दा पहिला नेपालको कन्ट्री रेटिङ (सोभरेन क्रेडिट रेटिङ) गर्नै पर्नेछ ।

नेपालले पछिल्लो समय भारतसँग पनि विद्युत बिक्रीको सम्झौता सम्पन्न गरेको छ । यस बाहेक नेपाल, बंगलादेश र भारत विचको त्रिपक्षीय संझौताले हाम्रो विद्युतकोको माग अझै बढ्ने देखिन्छ । यति ठुलो मागलाई पुरा गर्ने गरि आयोजना निर्माण गर्न नेपाल भित्रको बित्तीय स्रोतले पुग्दैन । यसका लागि २० औं खर्ब आवस्यकता पर्छ ।

अव यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लाग्नु पर्ने हुन्छ । यस क्रममा एनएमबी बैंकले विदेशका थुप्रै लगानीकर्ताहरुलाई भित्र्याएको छ । केहि जलविद्युतमा लगानी गर्न पैसा ल्याइनै सकेका छौ । हामीले इनर्जी बण्ड गरेर एकल अंकमा लगानी नै गरसकेका छौ । यसरी नेपालमा विदेशी पैसा भित्र्याउने काम सुरु भइसकेको छ । हामीले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई), एफएमओ सँग संयुक्त साझेदारीमा लगानी भित्र्याइरहेका छ । हामीले ४०/५० अर्ब पैसा ल्यानै सकेका छौ । यति हुँदा हुँदै पनि आजको दिनसम्ममा जलविद्युत क्षेत्रको कुल लगानीको ९५ प्रतिशत हिस्सा नेपाली बैंककै छ ।

अवको चरण भनेको बैंक वित्तीय संस्थाले लगानी गर्ने सक्ने क्षमता र आवश्यक पूँजीको ग्याप पुरा गर्नु हो । यसका लागि कस्तो खालका उपकरण/औजार मार्फत कर्जा भित्र्याउने भन्ने हो । यसका लागि व्लेण्डेड फाइनान्स, ग्रिन बण्ड, हेजिङ लगायतका औजारको प्रयोग गर्नु पर्नेछ । यसका लागि सबैभन्दा पहिला नेपालको कन्ट्री रेटिङ (सोभरेन क्रेडिट रेटिङ) गर्नै पर्नेछ ।

ग्रिन बण्ड

नेपालले उर्जा क्षेत्रमा ३२२ अर्ब भन्दा ठुलो लगानी गरिसकेको छ । यो धेरै ठुलो लगानी हो । यसबाट सिर्जना भएको सम्पत्तीलाई देखाएर यसैको सुरक्षणमा हामीले ठुलो ठुलो ग्रिन बण्ड जारी गर्न सक्छौ । अथाव सस्टेनेवल बण्ड, इनर्जी बण्डलाई देखाएर विश्व बजारबाट सस्तो दरमा पैसा भित्र्याउन सक्छौ । यसले अन्य आयोजना निर्माणका लागि दीर्घकालिन स्रोत जुट्नेछ । साथै यसले बैंकहरु माथिको तरलताको दवाव पनि समाधान गर्नेछ । आजको दिनमा हाम्रो बैंकिङ प्रणालीले अल्पकालिन स्रोत मार्फत दीर्घकालिन लगानी गरिरहेको छ । यसले भोलिका दिनमा बैंकिङ प्रणालीमै समस्या सिर्जना गर्नेछ ।

त्यसैले यसलाई अगाडी बढाउने हो भने पनि ठुलो फण्ड ल्याउन सक्ने सम्भावना रहन्छ । यसका लागि सरकारी तवरबाट ग्रिन फाइनान्सिङको फ्रेमवर्क तयार हुनु पर्छ । ग्रिन ट्याक्स नलगाउने कुराहरु पनि छन् । देशको रेटिङदेखि लिएर हेजिङका सहि औजारहरु सँग सँगै भित्र्याउनु पर्छ । बाहिरबाट आउने सबै पैसा विदेशी मुद्रामा हुन्छन् । विदेशी मुद्रालाई परिचालन गर्न हेजिङको औजार अति आवश्यक छ । बाहिरबाट ल्याएको पैसाको व्याजमा समेत १० प्रतिशत कर तिर्नु पर्ने बाध्यता छ ।

नेपाल जस्तो देशका लागि यो त्यति उपयुक्त हुँदैन । दक्षिण एशियाली मुलुकमा यस्तो अभ्यास छैन । हामीले श्रीलङ्का बंगलादेश सँग प्रतिस्पर्धा गरिरहेका हुन्छौ भने यस्तो पक्षलाई पनि ध्यान दिनु पर्छ । यि सबै कुराहरुलाई हेरेर वैदेशिक लगानी भित्र्याउने किसिमका वातावरण बनाउनु पर्छ । ब्लेण्डेड फाइनान्सका कुराहरुमा हाम्रो क्षमता अभिबृद्धि गर्दै लैजानु पर्नेछ । यि सबै काम गरेनौ भने हामीले सस्तो दरमा कर्जा ल्याउन सक्दैनौ । यदि सस्तो दरमा कर्जा भित्र्याउने हो भने भोलिका दिनमा हामीले धेरै परिवर्तन ल्याउन सक्छौ ।

अन्तर्राष्ट्रिय समुदायसँग अपिल

नेपालको कार्वन उत्सर्जनमा धेरै ठुलो योगदान रहेको छ । नेपालले यस्तो योगदानलाई अझै बढाएर क्लाइमेट फण्ड भित्र्याउन सक्छ ।  यसमा दुई तीन वटा कुराहरु छन् । पहिलो कुरा आजको दिनमा जुन किसिमले नेपालले कार्वन उत्सर्जनमा योगदान पुर्याइरहेको छ त्यसमा दाबी गर्न सकेको छैन । अर्को कुरा नेपाल संसारभरमै जलवायु जोखिमको अग्र स्थानमा पर्छ ।

जलवायु परिवर्तनको मुद्दामा नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको छ । विश्व बैंकको तथ्याङ्क हेर्ने हो भने नेपालको कार्वन उत्सर्जनमा ०.०२०३ भन्दा पनि कम रहेको छ । अमेरिका, रुस, साउदी अरेबिया र कुवेत जस्ता मुलुकहरुले गरेको अत्याधिक कार्वन उत्सर्जनबाट बढ्दै गएको जलवायु परिवर्तन सम्बन्धी असर अहिले नेपालले भोगिरहेको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायमा यसको उचित क्षतिपुर्तीको लागि दाबी गर्न सकिरहेको छैन ।

जलवायु जोखिमलाई न्युनिकरण गर्नु पर्यो भनेर आजका दिनमा जुन किसिमका चहर चलिरहेको छ त्यसलाई नेपालले क्यास गर्न सक्नु पर्छ । विश्व समुदायमा जलवायु जोखिमको न्युनिकरण गर्ने अभियानका क्रममा भन्दै धेरै फण्डहरु सिर्जना भइरहेका छन् । त्यसमा नेपालको एक किसिमले अधिकार जस्तै देखिन्छ । हामीले कुटनीतिक रुपमा त्यस्ता फण्डमा दाबी गर्नु पर्छ । हामीले गरेको पनि केहि छैन तर पनि प्रभावित हुनु परेको छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनु पर्छ ।

लगानीका जोखिमहरु

जलविद्युत क्षेत्रमा यति ठुलो कर्जा प्रवाह गर्दै गर्दा यस सँग सम्बन्धित चुनौतीहरु पनि रहेका छन् । चुनौतीहरका बावजुद पनि समग्र रुपमा हेर्ने हो भने लगानीको प्रतिफल राम्रो देखिरहेका छौ । यसै क्रममा हामीले देखेका चुनौतीहरुमा समयमा आयोजनाको निर्माण कार्य सम्पन्न नहुने र यसले गर्दा खर्च बढ्ने गरेको छ । खर्च बढ्दै गर्दा आयोजनाको पनि लागत बढ्दै जाने हुँदा जोखिमहरु पनि सँग सँगै बढेर जान्छ । यस्तो हुनुको मुख्य कारण सामाजिक र वातावरण सँग सम्बन्धित कुराहरु धेरै छन् । जलवायु परिवर्तनको प्रभाव सक्रिय रुपमा देखिन थालेको छ । हामीले केहि समय अगाडी ठुला वाढीलाई समाना गर्यौ । यस्तो क्षति वर्षेनी जस्तै भइरहेको छ । यसमा विस्तारै विस्तारै जलवायु परिवर्तनको प्रभाव पनि परिरहेको छ । हाइड्रोलोजीमा परिवर्तन भइरहेका छन् । यि सबै कारणहरुले गर्दा यसमा जोखिम देख्छौ ।

यस्ता जोखिमको बावजुद पनि समग्र आयोजनाको स्थितिलाई हेर्ने हो भने र केहि आयोजनाहरुलाई छाड्ने हो भने यसको सुधार राम्रै देखिन्छ । विभिन्न जोखिमका बावजुद पनि हामी अगाडी बढिरहेका छौ । अझै पनि अगाडी बढ्ने हाम्रो प्रतिवद्धता रहेको छ ।

नेपालको आर्थिक संरचनामा परिवर्तन ल्याउने क्षेत्र

आजको दिनमा नेपालको संरचनागत समस्या भनेको व्यापार घाटा हो । नेपालमा निर्यातको तुलनामा आयात बढिरहेको छ । यसले गर्दा ठुलो व्यापार घाटा हुने गरेको छ । व्यापार घाटा बढ्ने वित्तीकै सरकारलाई वैदेशिक मुद्राको सञ्चिति गर्न धेरै गाह्रो हुने गरेको छ । कुल आयातको १५/१६ प्रतिशत इन्धन नै रहेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा हुने हरेक किसिमका कुराहरुको तत्काल प्रभाव पर्न थालेको छ । यसले नेपालको व्यवसायिक क्षेत्र, बैंकिङ क्षेत्र, बैंकिङ तरलतामा तत्कालन प्रभाव पार्ने गरेको छ । यदि रेमिट्यान्सको बढ्दो क्रम रोकिने हो भने भोलिका दिनमा ठुलो संकटको स्थिति आउन सक्छ । नेपालले १० रुपैयाँ आयात गर्दा एक रुपैयाँ मात्रै निर्यात गरिरहेको छ । नेपालले १० रुपैयाँको सामान किन्दा ९ रुपैयाँ घाटा बेहोर्ने स्थिति छ । यसलाई कम गर्न नेपाल सँग प्रचुर सम्भावना भएको नविकरणिय र ग्रिन इनर्जी छ र यसको माग पनि बढेर गइरहेको छ ।

पछिल्लो समय युक्रेन र रसियाको युद्ध पछि विश्वभरी नै नविकरणीय उर्जाको माग बढ्दै गइरहेको छ । सँग सँगै हाम्रो छिमेकी राष्ट्र भारत विश्व अर्थतन्त्रको पहिलो पाँचौ नम्बरमा परिसकेको छ । भारत ठुलो जनसंख्या भएको मुलुक हो । भारतले पनि विस्तारै उर्जाको प्रयोगलाई मिश्रीत रुपमा अगाडी बढाइरहेको छ । यसले गर्दा भारतमै पनि जलविद्युतको ठुलो माग हुने सम्भावना रहेको छ । यस सँग सँगै नेपाल, भारत, बंगलादेशबीच त्रिपक्षीय सम्झौताका कुराहरुले गर्दा जलविद्युतको माग बढेर जाने हामीले देखिरहेका छौ ।

बैंकिङ क्षेत्रले यस्तो क्षेत्रमा लगानी गर्दै गर्दा परम्परागत रुपमा भइरहेको व्यापार घाटाको अवस्थालाई विस्तारै कम गर्दै लैजाने देखिएकोले समग्र व्यापार घाटाको समाधान गर्ने सम्भावना हामीले थुप्रै देख्छौ ।

अर्को तर्फ जलवायु परिवर्तनका कारणलाई न्युनिकरण गर्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजना अनुरुप सन् २०४५ सम्ममा 'नेट जिरो' गर्ने प्रतिवद्धता रहेको छ । त्यसलाई पनि यसले ठुलो मद्दत पुर्याउने भएकाले बैंकिङ क्षेत्रले पनि यसलाई ठुलो सम्भावनाको क्षेत्र देखेको छ । यस क्षेत्रमा गर्ने लगानीमा हाम्रो प्रतिवद्धता छ ।

निष्कर्ष

जलविद्युत व्यवसायमा बिक्री गर्ने दर पहिला नै तोकिएको हुन्छ । लागत भने फिक्स छ । यसले गर्दा बैंकलाई पनि प्रतिफल पाउन धेरै चुनौती छन् । दीर्घकालिन अवधिका लागि कर्जा लगानी गर्नु पर्ने भएकाले हामीले धै भन्दा धेरै सस्तो दरमा कर्जा प्रवाह गर्न सक्ने वातावरण बनाउनु पर्छ । यस भन्दा अगाडी चर्चा गरिएको जस्तो इनर्जी बण्ड लगायतका उपकरण प्रयोग गरेर पैसा भित्र्याउनुको हामी सँग विकल्प छैन ।

बैंकहरुले प्रतिफल भन्दा पनि समग्र अर्थतन्त्रको इको सिस्टमलाई मजबुद बनाउने गरी काम गरिरहेका छन् । बैंकहरुले गरिरहेको यस्तो योगदानलाई सरकारले थप प्राथमिकता प्रदान गरेदै नीतिगत रुपमा सहजिकरण गर्न सक्नु पर्छ । भोलिका दिनमा यसका सम्भावनालाई हेर्दा हाम्रो सबैभन्दा चुनौतीपुर्ण काम भनेको हाम्रो वितरणको च्यानललाई प्रभावकारी रुपमा कसरी अगाडी बढाउनु पर्ने छ ।

वितरण प्रणालीमा राज्यकै एकलौटी रहेको छ । यसलाई विस्तारै नीजि स्तरमा दिइनु पर्छ । अव विस्तारै विद्युतको व्यापारलाई प्रभावकारी बनाउनु पर्नेछ । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । सबैभन्दा पहिला नेपाल भित्रै डिम्याण्ड क्रियट गर्नु पर्छ । अझै पनि हामी ग्याँसमा निर्भर छौ । ग्याँसमै ठुलो अनुदान दिइरहेका छौ । यदि हामीले नविकरणीय उर्जा तर्फ प्रवर्द्धन गर्ने हो भने त्यसले पनि एक तहसम्म काम गर्छ । भोलिका दिनमा जलविद्युतको उत्पादनमा निरन्तरता दिने हो भने हामीले इनर्जी मिक्सको अवधारणा पनि विकास गर्नु पर्छ ।

हाइड्रोपावरमा लगानी गर्दा कम्तिमा पनि १० देखि १५ वर्ष अवधिको हुन्छ । यसका लाग दीर्घकालिन फण्ड आवश्यक छ । नेपाल भित्रका स्रोतहरु सबै अल्पकालिन छन् । यसैका लागि पनि बण्ड मार्केटको सुरुवात भइसकेको छ । नेपालले बाहिरबाट दीर्घकालिन अवधिका ग्रिन बण्ड, मिडियम बण्ड र दीर्घकालिन बण्ड भित्र्याउनु पर्छ ।

बैकल्पिक उर्जाका क्षेत्रहरु जस्तै सोलार, जलविद्युत, ग्रिन हाइड्रोजन लगायतका क्षेत्रमा पनि सँग सँगै लगानी गर्नु पर्छ । नेपालमा अझै पनि आयोजनाहरु रन अफ रिभरमा आधारित छन् । भोलिका दिनमा हामीले विद्युत निर्यात गर्दै गर्दा रिजर्भ वेस हाइड्रोपावरलाई बढी जोड दिनु पर्छ । यसमा बरु फाइनान्सिङ बढाउनु पर्छ । यसको लागत धेरै पर्ने भएकाले वैदेशिक लगानी भित्र्याउन राज्यले पहल गर्नु पर्छ ।

जलविद्युत आयोजनाको लागत धेरै माथि छ । लागत कम गर्न धेरै भन्दा धेरै प्रविधिको प्रयोग गर्नु पर्छ । लागत गभ भयो भने मात्रै हामीले अन्तर्राष्ट्रिय बजारमा प्रस्तिस्पर्धा गर्न सक्छौ ।

अहिले सरकारले ल्याएका नेपालको पानि जनताको लगानीदेखि लिएर थुप्रै अवधारणमा सबै जना लगानी गर्न तयार छन् । सरकारले यस्ता अवधारणलाई अझ बृहत रुपमा विकास गर्नु पर्छ । नेपाल दक्षिण एशियामै सबैभन्दा कम वैदेशिक लगानी भित्र्याउने मुलुक भित्र पर्छ । नेपालको वैदेशिक लगानीको क्षेत्रमा जम्मा ०.०३ प्रतिशत मात्रै हिस्सा रहेको छ । भारतकै हेर्ने हो भने वैदेशिक लगानीको हिस्सा धेरै ठुलो छ ।

हाइड्रोपावरमा लगानी गर्दा कम्तिमा पनि १० देखि १५ वर्ष अवधिको हुन्छ । यसका लाग दीर्घकालिन फण्ड आवश्यक छ । नेपाल भित्रका स्रोतहरु सबै अल्पकालिन छन् । यसैका लागि पनि बण्ड मार्केटको सुरुवात भइसकेको छ । नेपालले बाहिरबाट दीर्घकालिन अवधिका ग्रिन बण्ड, मिडियम बण्ड र दीर्घकालिन बण्ड भित्र्याउनु पर्छ । यदि यहि अवस्थामा हामी रहिरह्ययौ र दीर्घकालिन क्षेत्रमा कर्जाको हिस्सा बढ्दै गयो भने अझ ठुलो समस्या सिर्जना गर्न सक्छ । अन्तत आयोजनको सञ्चालनमै प्रभाव पार्न सक्छ । बैंकिङ तरलताको इस्यु आयो भने हामीले हाइड्रोपावरको क्षेत्रमा कर्जा प्रवाह गर्न सक्दैनौ । त्यसैले यसका चुनौती र सम्भावनालाई ख्याल गर्दै निजी क्षेत्र, सरकार र बैंकहरुले एक आपसमा सहकार्य गर्दै अगाडी बढ्नु पर्छ ।

(एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष समेत हुन् । प्रस्तुत विचार स्वतन्त्र उर्जा उत्पादक संघले प्रकाशन गरेको उर्जा समृद्धिबाट लिइएको हो ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया